गायक बिक्रम परियार र समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘बाँचेको छु धन्न’ सार्वजनिक भएको छ ।
शिव सुवेदीको यूट्युब च्यानलमार्फत मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतको शब्द रचना डाक्टर शिव सुवेदीले गरेका छन् भने संगीत पनि उनैको हो ।
गीतको भिडियोमा गौरव पहारी, आशा खड्का, भद्र कुँवर र कविर गैरेको मुख्य भूमिका रहेको छ ।
भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् । त्यस्तै फोटोग्राफी सुनिल बिकले गरेका छन् ।
अनिलकृष्ण मानन्धरले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।