×

NMB BANK
NIC ASIA

बुटवलका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई प्रवल जनसेवा श्री (चतुर्थ)

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा प्रवल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित भएका छन् । उनलाई सरकारले संविधान दिवसको अवसरमा उक्त मानपदवीबाट सम्मान गर्ने घोषणा गरिएको हो ।  

Muktinath Bank

प्रमुख प्रशासकीय अधिकृतका रुपमा यो पदकबाट सम्मानित हुनेमा उनी मुलुकका ७५३ पालिकाहरु मध्येबाट एक्लो हो । बुटवल उपमहानगरपालिकामा एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत शर्मा कुशल प्रशासकका रुपमा चिनिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०४४ असार ७ गते जिल्ला प्रशाशन कार्यालय मुस्ताङमा लेखापलका रुपमा सेवा प्रारम्भ गरेका थिए । त्यसयता विभिन्न जिम्मेवारी र भूमिकामा रहेर उनले धेरै जिल्लामा काम गर्दै आएका छन् ।  


Advertisment
Nabil box
Kumari

बुटवलमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनु अघि दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसअघि उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा थिए । त्यहाँ रहँदा उहाँले वातावरणको क्षेत्रमा प्रभावकारी काम गरेका थिए ।

Vianet communication
Laxmi Bank

‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ तयार पार्ने कामको नेतृत्व शर्माले नै गरेका थिए । यो प्रारुप हाल महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ । यसलाई कार्यान्वयन गर्न सकेमा वातावरणमैत्री विकास र जैविक विविधताको संरक्षणमा महत्पूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

शर्माले दिगो विकासका बारेमा पनि गहिरोसंग अध्यय्न गरेका छन् । स्वीटजरल्याण्ड र जर्मनीमा पर्वतीय दिगो विकास विषयमा उनले करिब एक वर्षको कोर्ष पूरा गरेका छन् । वातावरण, दिगो विकास र सहरी विकासका विषयमा विभिन्न देशमा तालिम तथा प्रशिक्षणसमेत लिएका थिए ।

‘यहीँ कोर्षको अध्यय्नपछि दिगो विकासका लागि वातावरणको संरक्षण, वातावरणमैत्री विकास र मानव जीवनका लागि वातावरणको महत्वका विषयमा केही गर्ने हुटहुटी जागेको थियो’, शर्माले भने, ‘मन्त्रालयमा बसेर प्रारुप तयार पार्दै त्यसलाई सदुपयोग गर्ने मौका पाएँ र अहिले कार्यान्वयनको चरणमा पनि काम गर्न पाएको छु ।’

सम्मानले आफुलाई सेवाप्रवाहमा थप खटेर लाग्न प्रेरणा मिलेको र जनप्रतिनिधि, कर्मचारीको सहकार्यमा समृद्ध बुटवल, सुखी जनताको संकल्प साकार पार्ने काममा अझ हौसला मिलेको प्रतिक्रिया दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x