मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


Advertisement

२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित थिए । 


Advertisement

भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

‘मन्त्रिपरिषद् पुनर्गठन स्थायी कमिटीको निर्णयानुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयले विभिन्न नीतिगत रूपमा सुझाव दिएको छ, त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौं । आवश्यक परे त्यसबारे पनि छलफल गछौं,’ श्रेष्ठले भने ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्