×

NMB BANK
NIC ASIA

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर नयाँ विवाद सिर्जना भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनकै प्रतिनिधिबाट १४ औं महाधिवेशन गर्न सकिने मत ल्याएपछि कांग्रेस वृत्तमा यसले हलचल भएको हो ।

Muktinath Bank

सभापति शेरबहादुर देउवाले बहुमत देखाएर केन्द्रीय समितिबाट एकलौटी निर्णय गर्न थालेपछि कांग्रेसभित्र विवादको श्रृङ्खला शुरू भएको हो । गत पुस ११ गते पौडेल पक्षको बहिष्कारका बावजुद पनि केन्द्रीय समिति बोलाएर २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय देउवाले गराएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधानविपरीत विभागको संख्या बढाउने, भ्रातृ संगठनमा अधिकार जमाउने, क्रियाशील सदस्यतासम्बन्धी विधानका धाराहरू निलम्बन गर्ने र पार्टी नै कब्जा गर्ने नियतका साथ सभापति देउवा अघि बढेको आरोप सभापति देउवालाई लाग्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समयमा सभापति देउवालाई तोकिएको समयमा महाधिवेशन नगर्ने नियत राखेको भन्दै आलोचना हुने गरेको हो । केही दिनअघि लोकान्तरसँग कुरा गर्दै कृष्ण सिटौला, मिनेन्द्र रिजाल लगायतका नेताहरूले महाधिवेशन नगर्ने डिजाइनमा नेतृत्व लागेको आरोप लगाएका थिए । 

Vianet communication

वरिष्ठ नेता पौडेलले पनि महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने खेल भइरहेको आरोप लगाएका छन् ।

यही सन्दर्भलाई लिएर आइतवार गणेशमान सिंहको स्मृति दिवसका अवसरमा प्राध्यापक बहस चौतारीले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेता पौडेलले पार्टीको संकट टार्न १३ औं महाधिवेशनका प्रतिनिधिहरूमार्फत् विशेष अधिवेशन गर्न सकिने बताएका थिए ।

उनको यो भनाइको कांग्रेसवृत्तमै आलोचना भइरहेको छ ।

'पार्टी नेतृत्वमाथि निरन्तर खनिनु गलत हो,' देउवानिकट मानिने एक नेताले लोकान्तरसँग भने, 'सभापतिलाई विधानविपरीत गएको आरोप लगाउने वरिष्ठ नेता पौडेलले कुन विधानका आधारमा तेह्रौं महाधिवेशनका प्रतिनिधिहरूलाई ल्याएर १४ औं महाधिवेशन गराउने कुरा राख्नुभयो ? त्यो प्रस्ताव विधानसम्मत छ त ?'

तर वरिष्ठ नेता पौडेलले आफूले बोलेको कुरालाई गलत आशयका साथ प्रचार गरिएको आरोप लगाए । 'कुन पक्षबाट यस्तो गलत नियतका साथ प्रचारबाजी गर्ने काम भइरहेको छ, त्यो मैले बुझेको छु,' पौडेलले लोकान्तरसँग भने । 
महाधिवेशन नगर्ने र पार्टीलाई संकटमा पुर्‍याउने खेल भइरहेको भन्दै पौडेलले आरोप लगाएका हुन् ।

'मैले पार्टी संकट टार्न विशेष अधिवेशन भएपनि गर्नुपर्छ भनेको हुँ,' पौडेलले भने, 'त्यसलाई गलत आशयका रूपमा बुझियो ।'

विधानतः ४ वर्षका लागि चुनिने कार्यसमितिको म्याद गत सालको फागुनबाट समाप्त भइसकेको छ । त्यसलाई एक वर्ष थप्न सकिने गरी विधानमा रहेको विशेष व्यवस्थाको प्रयोग गरिएको हो ।

पौडेल भन्छन्, 'आलटाल गर्ने र थपिएको समयभित्र पनि महाधिवेशन नगर्ने हो भने कांग्रेसको वैधानिकता समाप्त हुन्छ । उस्तै परे विधान नै संशोधन पनि गर्नुपर्ने हुन सक्छ । विधान संशोधन गर्न उही पुरानै प्रतिनिधि चाहिन्छ । या त महासमितिको बैठक बस्नुपर्‍यो या त विशेष अधिवेशन डाक्नुपर्‍यो ।'

पौडेलले एक महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय ठाउँमा वर्ष दिन भन्दा बढी लागेको भन्दै त्यसलाई समयमा महाधिवेशन नगर्ने नियतका रूपमा बुझ्नुपर्ने बताए । 

उनले फागुनमा कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने तर नेतृत्वको आलटालका कारण सम्भव हुन सकेन भने पुराना प्रतिनिधिहरूमार्फत विशेष अधिवेशन गर्नुपर्ने अवस्था आउने भन्दै चेतावनी दिएको स्पष्ट पारेका छन् । 

ढिलो गरी महाधिवेशन बहसमा प्रवेश गरेको कांग्रेसलाई महाधिवेशन गर्न कोरोना महामारीले निकै चुनौती दिएको छ । कतिपय नेता कार्यकर्ता आफैं कोरोना संक्रमित भएका छन् । महामन्त्री डा. शशांक कोइराला पनि संक्रमणको चपेटामा छन् । अहिले उनी निको भएर डिस्चार्ज भइसकेका छन् । 

देउवा पक्षले कोरोनाको जोखिमका कारण नै कतिपय ठाउँमा क्रियाशील सदस्यता वितरण हुन नसकेको र यसमा नेतृत्वको कुनै दोष नभएको तर्क देउवा पक्षको छ भने कोरोनालाई देखाएर महाधिवेशन नगर्ने नियत राखेको पौडेल पक्षले आरोप लगाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x