×

NMB BANK
NIC ASIA

मलाई गाली गरेर कसैले म्यागासेसे पुरस्कार पाउँदैन । कसैले मदन पुरस्कार पनि पाउँदैन । मलाई गाली गरेर कसैको भकारीमा धान भरिँदैन । 

Muktinath Bank

मलाई गाली गरेर कसैलाई अमेरिकाको डिभी पर्दैन । मलाई गाली गरेर कोही रातारात करोडपति पनि हुँदैन । तर पनि सामाजिक सञ्जालमा मलाई किन मानिसहरू गाली गर्छन् ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो प्रश्न मैले करीब ३ महिनाअघि संयोगले भेट भएका एक जना नामी मनोचिकित्सकलाई गरेको थिए ।


Advertisment
Nabil box
Kumari

उनले हाँस्दै भने, ‘दिलजी, सामाजिक सञ्जालमा सबैले गाली खाइरहेका छन् । सामाजिक सञ्जालमा चरित्रहत्या भएको कारण धेरैले आत्महत्या गरिसके । मानौं कि शत्रुसँग बदला लिने माध्यम अहिले सामाजिक सञ्जाल भएको छ । एउटा फेक आईडीबाट आएको म्यासेजका कारण पतिपत्नीको डिभोर्स भएर घर बिग्रिएको छ । यहाँ सबैको हुर्मत काडिएको छ । मैले नै सानो कमजोरी गर्‍यो भने डाक्टरले यति पैसा खायो भनेर फोटोसहित लेख्छन् । यहाँ तथ्य बुझ्ने फुर्सद कसैलाई छैन ।’ 

Vianet communication
Laxmi Bank

मैले सामाजिक सञ्जालमा गाली खाएको विषयमा केन्द्रित भएर उनले भने, ‘हेर्नुहोस् सबैले कुनै न कुनै प्रकारको गाली खाएकै छन् । फरक यत्ति हो अरुले चर्को आवाजमा हर्न बजाए पनि कसैले सुन्दैनन्, तपाईंले हल्का पादे पनि संसारभर सुनिन्छ । त्यसैले तपाईंलाई आफूलाई परेको कुरा ठूलो जस्तो लागेको हो ।’

समग्रमा डाक्टर साहेबको तर्क थियो – सामाजिक सञ्जालमा कुनै न कुनै रूपमा मानिसहरू गाली खाइरहेका छन्, झगडा गरिरहेका छन्, सामाजिक सञ्जालको दुरूपयोग गरेर मानवता र कानूनको धज्जी उडाएका छन् । किनकि समाजमा ‘मास फ्रस्टेसन’ छ । कामको राप, ताप र चापले खाडी मुलुक तथा युरोप अमेरिका बस्ने नेपालीहरू सामाजिक सञ्जालमा धेरै झैझगडा गरेको पाइन्छ । टिकटकमै हेर्नुहोस् न जाबो भात खाने कुरामा झगडा छ । नेपालमै बस्नेहरूमा पनि रिस, राग अनि इगो धेरै छ । छिमेकीको घरमा आगो लाग्यो भने फेसबूक लाइभ गरेर कमेन्ट र भ्यूज गनेर बस्छन् तर एक लिटर पानी लगेर जाँदैनन् । यसकारण सामाजिक सञ्जालका कारण प्रायः मानिसहरू आत्मकेन्द्रित बनेका छन् । भावना र मुटु हराएका पापी बनेका छन् । मानिसहरू ज्यादै स्वार्थी बनेका छन् । 

गाली भन्ने जिनिस पचेर नै त होला, साथीभाइहरू मीठोमीठो खसीको मःम खान्छन् । चिकेन चाउमिन खान्छन् । राँगाको सुकुटी खान्छन् । सुँगुरको मासुसँग भात खान्छन् । थुप्पा खान्छन्, समोसा खान्छन्, जेरी, पुरी, तरकारी खान्छन् । कति मजासँग पानीपुरी र चटपटे पनि खान्छन् । तर म भने तीतोतीतो गाली खान्छु । 

उनले मेरो प्रश्नको उत्तरको बिट मार्दै भने, इट्स नट ह्यापन्ड ओन्ली विथ यू, अरुको वियष भाइरल नभएर मात्र हो । सामान्य मान्छे र तपाईं जस्तो राजनितिक विषयमा कलम चलाउने मान्छेबीच धेरै फरक छ । खगेन्द्र संग्रौलाजीकै कुरा गर्नुहोस् न ! तपाईं त सेलिब्रिटी हो यार । कस्तुरीले आफूसँगै भएको बिना चिन्दैन भन्छन्, तपाईंले आफूलाई चिन्नुहोस् । हो  तपाईंको सफा मन छ तर त्यो बियरसियर खाएको फोटो नदेखाउनुहोस् । किनकि अरुले आफ्ना साथीभाइसँग बसेर खाँदा खाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा त्यो ‘गेट टुगेदर’ हुन्छ, तपाईंले गर्दा त्यो के हुन्छ तपाईंलाई आएको कमेन्टमा हेर्नुभएकै होला ।’

उनले थपे, ‘दिलजी, सबैलाई तपाईका सबै कुरा मन पर्छ भन्ने छैन नि ! एउटा साधारण गाउँको केटा पटक–पटक देशको पूर्व प्रधानमन्त्री प्रचण्डसँग हात मिलाएको धेरैलाई मन नपर्न सक्छ । एउटा सामान्य मगरको छोराले अनलाइनमा कडा–कडा विषयवस्तुसहित लेख लेखेको मन नपर्न सक्छ । काठमाडौंमा घर नभएको तपाईं रेडियो, टेलिभिजनमा आफ्ना विचार राख्दै हिँडेको मन नपर्न सक्छ । तपाईं देशविदेश गएको घुमेको सबैलाई मन नपर्न सक्छ ।  तपाईं समुन्द्री किनारमा उभिएर खिस्स हाँसेर सेल्फी खिचेको पनि धेरैलाई मन नपर्न सक्छ । तपाईंले मिठो–मसिनो खाएको, जहाज चढेको, राम्रो लुगा लगाएको सबैलाई मन नपरेको पनि हुन सक्छ । तपाईंको राजनीतिक विचार, वर्ग, जात, समुदाय, पहिचान र अनुहार मन नपराउनेहरू पनि हुन सक्छन् । कवि मनु मन्जिलको दुस्मन कविता त सुन्नुभएकै होला ।’ 

डाक्टर साहेबले केही लेक्चर दिए अनि बिदा भए । उनको कुरा मलाई पनि साह्रै चित्त बुझ्यो । सत्य हो कि जस्तो पनि लाग्यो । किनकि न म ज्यानमारा हुँ, न म बलात्कारी, न म दाउद अब्राहिम हुँ, न म चोर हुँ, न म ठग र लुटेरा हुँ । राजनीतिक विचार प्रस्तुत गरेकै आधारमा त्यसप्रकारको गालीगलौज के जायज हो र ? अनि फलाना जस्तो बन्नुहोस्, ढिस्कना जस्तो बन्नुहोस् भन्ने उपदेश किन ? मलाई अरु जस्तो बन्नु छैन । आफू जस्तै बन्नु छ ।

धेरैले मलाई महावीर पुन जस्तो बन भन्छन् । बन्न त के महावीर पुन नेल्सन मण्डेला जस्तै बन्न मन लागेको थियो । कतिपयले धुर्मुस, सुन्तली जस्तो बन पनि भन्छन्, धुर्मुस सुन्तली जस्तो त के बन्न त महात्मा गान्धी जस्तै बन्न मन लागेको थियो । कतिपयले रवि लामिछाने जस्तो बन भन्छन्, रवि लामिछाने त के बन्न त बाराक ओबामा जस्तो नै बन्न मन लागेको थियो । तर को व्यक्ति को जस्तो बन्ने भन्ने कुरा उसको शिक्षा, पृष्ठभूमि, विचार अनि सोचमा फरक पर्छ ।

संसारमा कयौं मानिसहरू सद्दाम हुसेन जस्तो बनेका छन् । कयौं मानिसहरू गोड्से जस्ता बनेका छन् । कैयौ चाल्र्स शोभराज जस्तो पनि बनेका छन् । म केवल मै जस्तो बनेको छु । आफू केवल आफू जस्तो नै बन्ने हो । अरुबाट प्रभावित हुने हो । मान्छे, मान्छे बीचमा तुलना गर्ने कुरा होइन । मलाई धुर्मुस, सुन्तली, अमिताभ बच्चन जस्तो कालजयी कलाकार बन्दिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर अन्तिममा उनीहरू नै टाउकोमा सिमेन्टको बोरा बोकेर हिँडे । त्यसकारण फलाना जस्तो बन भन्ने कुरा नै सही होइन । 

म फेरि पनि भन्छु, मलाई केवल म जस्तै बन्नु छ । राजनीतिक विचार फरक पर्‍यो भन्दैमा, जीवनशैली र जीवनको दृष्टिकोण फरक पर्‍यो भन्दैमा, स्वभाव र आचरण फरक पर्‍यो भन्दैमा, कुनै पनि चिज र विषय वस्तुलाई हेर्ने, बुझ्ने तथा विश्लेषण गर्ने तरिका फरक पर्‍यो भन्दैमा, व्यक्तित्व मन परेन भन्दैमा मलाई अनाहकमा गाली गर्ने प्रेतआत्मालाई कवि मनु मन्जिलको ‘दुस्मन’ कविता पढ्न अनुरोध गर्दछु । 

मनु मन्जिलको दुस्मन कवितामा जस्तै उनीहरूलाई मेरो घरमाथि चरा बसेको मन नपरे पनि, जुन छानामाथि बसेको, खेतभरी भाग्य लहलह झुलेको केही पनि मन नपरे पनि, मलाई फोहोर जत्तिकै घृणा गर्नेहरूलाई, मलाई आमाको नाम सरापेर गाली गर्नेहरूलाई, मलाई हार्दिक श्रद्धाञ्जलि भन्नेहरूलाई, मलाई काट्छु, मार्छु भन्नेहरूलाई म फूल जत्तिकै प्रेम गर्छु । किनकि मलाई गाली भन्ने जिनिस पचिसक्यो । 

गाली भन्ने जिनिस पचेर नै त होला, साथीभाइहरू मीठोमीठो खसीको मःम खान्छन् । चिकेन चाउमिन खान्छन् । राँगाको सुकुटी खान्छन् । सुँगुरको मासुसँग भात खान्छन् । थुप्पा खान्छन्, समोसा खान्छन्, जेरी, पुरी, तरकारी खान्छन् । कति मजासँग पानीपुरी र चटपटे पनि खान्छन् । तर म भने तीतोतीतो गाली खान्छु । 

त्यही भएर होला कहिलेकाही मेरा केही निकट मित्रहरू भन्ने गर्छन्, ‘यार निशानी तलाई गाली नखाएसम्म खाएको पनि पच्दैन । सबैको ठेक्का तिमी लिनुपर्छ, चुप लागेर बस ।’ तर म उनीहरूलाई भन्ने गर्छु, त्यस्तो होइन । बुझाइ उल्टो भयो । मैले गाली नखाएसम्म मलाई खाना नपच्ने होइन, अरुले मलाई गाली नगरेसम्म तिनीहरूलाई खाएको पच्दैन । तथ्य कुरो यही हो । 

कहिलेकाही त यस्तो लाग्छ कि मलाई अनाहकमा गाली दिने आवाराहरू बरु आफ्नो घरमा राति श्रीमतीसँग सुत्न बिर्सेलान् तर मलाई गाली गर्न भने कदापी बिर्सिंदैनन् । कतिखेर दिलनिशानी मगरले फुत्त केही लेख्छ अनि गाली गरौला भनेर उनीहरू कुरिबसेका हुन्छन्, मासु काटेको नजिकै कुकुरले जसरी एक चोक्टा हड्डीसँगको मासु कुरेर बसेको हुन्छ त्यसरी नै । यस्तो लाग्छ कि मलाई गाली गर्नका लागि उनीहरूले आफ्नी आमाको काजकिरीया पनि बिर्सिन सक्छन् ।

हुन त संस्कारविहीन मान्छेका बीचमा गाली भन्ने कुरा आशिर्वाद जस्तो हुन्छ । कपडा पसलेले दिनमा ४–५ जना ग्राहकको गाली खानुपर्छ । सडकमा धुलोधुवाँ सहेर उभिएको ट्राफिकले दिनमा १ हजार जनाको गाली खानुपर्छ । अप्ठ्यारो बाटोमा गाडी चलाउने चालकले दिनमा दर्जनौं गाली खानुपर्छ । अस्पतालमा डाक्टरहरू काम गर्दा गाली खानुपर्छ । मैले भनिसकें संस्कार नभएको देशमा सबैले गाली खानुपर्छ । एकबारको कोही यस्तो गाली नै नखाएको नमूना नै रहेछ भने पनि उसले श्रीमतीको गाली त खानैपर्छ । 

यसकारण मैले पनि त गाली खानैपर्छ । म जस्तो अन्याय, अत्याचार, उत्पीडन र विभेदको विपक्ष तथा गणतन्त्र, संघीयता र पहिचानका पक्षमा आन्द्रा बटारिने गरी बोल्ने–लेख्ने होनहार विश्लेषक जस्तो मान्छेले गाली नखाएर गाई गोठालाले गाली खान्छ त ? 

मलाई सामाजिक गाली खानु परेकोमा आश्चर्य त लागेको छ तर कुनै लाज छैन वा मेरो नैतिकतामा प्रश्न उठ्यो कि भन्ने पनि लाग्दैन । किनकि मलाई नजिकबाट चिन्नेहरूले राम्रैसँग चिनेका छन् । मगरको छोरा हो, हाँसो–मजाक पनि गर्छ भन्ने ठान्छन् । तर जो मलाई नजिकबाट चिन्दैनन्, ती बहुतै खÞराब धारणा बोकेर बसेका छन् । किनकि हाम्रो देशका सामाजिक सञ्जाल प्रयोगकर्ताको लगाब सिर्जनात्मकभन्दा पनि धेरै प्रायः अरुको चरित्रहत्या गर्ने किसिमको छ । 

जति मेहनत गर्दा पनि आफ्नो गीत नचलेको मान्छेले सजिलै गायक बनेको दुर्गेश थापालाई फेसबूकमा गाली गर्नु खासै नौलो होइन । फेक आईडी खोलेर हुन्छ कि के गरेर हुन्छ उनीहरूले रिस पोख्छन् । मलाई पनि यस्ता प्रवृत्तिका मानिसले लुकीलुकी फेक आईडीमार्फत समेत अश्लिल कमेन्ट गरेको शंका छ । 

जस्तो कि केही दिनअघि मैले पोस्ट गरेको एउटा फोटोमा कमेन्ट आयो, ‘हिजोसम्म यूएईमा चौकीदार भएको मान्छे आज युरोप कसरी गइस्, पक्कै प्रचण्डको चाकडी गरेर गएको हुनुपर्छ ।’

यस्तो कमेन्टको अर्थ के हुन्छ भने उनलाई युरोपको भिसा कसरी लाग्छ भन्ने थाहा छैन । युरोपको भिसा प्रक्रियाबारे थाहा हुने त कुरै भएन । तर उनलाई लागेको रहेछ सबैकुरा प्रचण्डले गरिदिएको हो । मानौं कि जर्मनीको दूतावास प्रचण्ड निवासमा छ, मेरो पासपोर्टमा प्रचण्डले नै छाप लगाइदिएका हुन् । 

अनि त्यसरी कमेन्ट गर्ने मान्छेको पृष्ठभूमि बुझ्ने प्रयास गरें । उनी विगत ९ वर्षदेखि यूएईमा क्लीनरको रूपमा काम गर्ने रहेछन् अर्थात् सरसफाईको काम । यूएईमा सरसफाईको काम कस्तो हुन्छ मैले राम्रोसँग देखेको छु । तर उनलाई कामको आधारमा म अपमान गर्न चाहन्न र भोलि उनी अमेरिका नै गए पनि देशको आधारमा उनलाई सम्मान गर्न पनि चाहन्न । उनलाई के इगो रहेछ भने – निशानी कहाँ पुगिसक्यो, म क्लीनरको क्लीनरमै रहिरहे ।

अर्को कमेन्टको उदाहरण पनि दिउँ । केही समय पहिला मेरो फोटोलाई मरेको मान्छे बनाएर हार्दिक श्रद्धाञ्जलि लेखेर १ जना भाइले आफ्नो फेसबूकमा पोस्ट गरेका रहेछन् । उनको त्यो कर्मसँग मलाई कुनै आक्रोश भएन । किनकि उनले जति जाने त्यति गरे । उनको दिमागले जे भ्यायो, त्यो गरे । तर मलाई जान्न मात्रै मन लाग्यो कि उनले किन त्यस्तो गरे भनेर । किनकि मैले उनको केही बिगारेको त थिइनँ । उनलाई त झन् चिनेको पनि थिइनँ । 

म्यासेन्जरमा म्यासेज गरें । उनको रिप्लाई पनि आयो । उनको तर्क थियो, ‘तिमी प्रचण्डको झोला बोकेर हिँड्ने मान्छे, मलाई तिमी मन नै पर्दैन । किनकि तिमीले प्रचण्डको सपोर्ट गर्छौ, त्यही भएर हार्दिक श्रद्धाञ्जलि भनेर लेखेको हुँ । व्यक्तिगत दुस्मनी त केही छैन ।’

उनको पृष्ठभूमिबारे पनि मलाई जान्ने रहर लाग्यो । किनकि कुनै न कुनै कारण विना मानिस त्यसै अरुलाई हार्दिक श्रद्धाञ्जलि दिनै सक्दैन । उनको फेसबूक अध्ययन गर्दै गए । धेरै पटक उनले पूर्व युवराज पारस शाहको फोटो हालेर हाम्रो सरकारको जय होस् भन्दै लेखेका रहेछन् । चरेससहित थाइल्यान्डमा पारस समातिएको फोटो पोस्ट गर्दै ‘यो फोटोशप गरेको हो नपत्याउनु होला प्लीज’ भनेर लेखेका रहेछन् । यति कुरा देखिसकेपछि उनीबारे अरु अध्ययन गर्न मनै लागेन ।

एकथरि यस्ता पनि थिए । समर्थकको आडमा आफूलाई मन नपरेकालाई गाली गर्ने । टीभी हेर्‍यो, त्यसै–त्यसै जंगिएको देखिने । मानौं कि देश नै उडेर कता जाला जस्तो । ‘ओ माई गड’ के नै होला जस्तो । टीभी प्रस्तोता रवि लामिछानेका समर्थकले त मर्दले सय वटा पनि बिहे गर्छ भनेर लेख्न भ्याए । शालिकराम पुडाशैनीको आँसुबारे अक्सर मानिसलाई मतलब थिएन । सबै सेलिब्रेटीज्मको पछाडि शक्तिको पुजामा व्यस्त थिए । जहाँ भीडको सन्देश मुख्य हुन्छ, त्यहाँ कानूनको हत्या हुँदो रहेछ । म कानूनको पक्षमा उभिँदा, पीडितको पक्षमा उभिँदा धेरै गाली खाए । 

आफू त स्पष्ट वक्ता, सिधै लेखिन्छ, भनिन्छ । त्यो मेरो बाल्यकालदेखिकै आचरण हो । सायद यसकारण पनि होला म आलोचना र गालीलाई चिरेर झनै प्रगतिशील विचार पेश गर्न मन पराउँछु । मलाई जेसुकै भनून्, गरून् मतलब नै हुँदैन । आफूलाई सही लागेको कुरा सारा पृथ्वीका मानिसले नै विरोध गरे भने पनि अन्तिमसम्म सही नै भन्छु । गाली गर्नेलाई त्यही भाषा शैली प्रयोग गरेर गाली गर्न नसक्नु मेरो कमजोरी, मेरो दोष हो भने म आजीवन कमजोर हुन चाहन्छु, आजीवन दोषी भएर बाँच्न चाहन्छु । 

सानो छँदा स्कूलमा कम बोल्ने अनि खुरुखुरु सरले भनेको मान्नेलाई जेहेन्दार, भलादमी विद्यार्थी भनिन्थ्यो । उसको गाउँभरि चर्चा हुन्थ्यो । तर म स्कूलमा सबैभन्दा धेरै बोल्थे । सरहरूले भनेको सबैकुरा मान्ने पनि थिएन । यस्तो बानीका कारण मलाई रेस्टिकेट गर्नेसम्मका कुरा चलेका थिए । 

मेरो भनाई थियो – शिक्षकहरू रक्सी गन्हाउने गरी स्कूलमा आउनु हुँदैन । कक्षा कोठामा त झन् आउनु नै हुँदैन । यदि यस्तो भइरह्यो भने यिनीहरूलाई कालो मोसो दल्नुपर्छ । बरु जिल्ला शिक्षा कार्यलयमा खबर गर्नुपर्छ । मेरो सोचाइ हुन्थ्यो – स्कूलको खेल मैदानमा धुलो नै धुलो छ । अब यहाँ दुबो रोप्नुपर्छ ।

हिजो सरको गाली खाइन्थ्यो । आज समाजका बासिन्दाको गाली खाइन्छ । सुखद् नै मान्नुपर्छ, आजका बासिन्दाले बाँसको भाटा टुट्ने गरी पिटेका भने छैनन् ।

यसरी अचम्मको कुरा गर्दै, हुनै नसक्ने तर्क गर्दै, डरलाग्दो वाक्य प्रयोग गर्दै एउटा अराजक, काम नलाग्ने केटा, बढ्ता जान्ने र बोल्ने केटाका रूपमा म परिचित भइसकेको थिएँ । 

त्यतिबेला मलाई बाँसको भाटा नै टुट्ने गरी खुला मैदानमा पिटिएको थियो । चक चोरेर घर लगेको आरोपमा मलाई त्यसरी पिटिएको थियो । तर मैले चक चोरेकै थिइनँ । बरु शिक्षकलाई रक्सी खाएर स्कूल आएको आरोप लगाएर भाषण गरेको थिएँ । 

जड्याहाँ सरले जेजसो गरेपनि धेरै विद्यार्थीहरू चुपचाप बस्थे । किनकि धेरै विद्यार्थीलाई सरले कम नम्बर दिने र फेल गराइदिने कुरासँग डर थियो । तर मलाई नम्बर र फेलपासको मतलब थिएन । खै किन हो किन सानैदेखि मेरो सरोकार पद्धतिसँग हुन्थ्यो । यो कुरा मसँग संगत गरेका सबै साथीभाइलाई थाहा छ ।

त्यतिखेरका ती जेहेन्दार, भलादमी विद्यार्थी अहिले कहाँ के गर्दैछन् मलाई खासै थाहा छैन । तर म भने अहिले पनि त्यस्तै धेरै बोल्ने, अचम्म–अचम्मका कुरा गर्ने, डरलाग्दो वाक्य प्रयोग गर्ने अराजक केटाका रूपमा देशभर परिचित छु । विदेशमा पनि धेरैले यसरी नै चिन्छन् । राम्रोसँग चिनेकाहरूले मेरो प्रशंसा गर्न सक्दैनन् । किनकि प्रशंसालाई गालीको आयतनले जितेको छ । चिनी जति गुलियो भए पनि नूनको मात्रा धेरै भयो भने त्यो नुनिलो नै हुन्छ । 

हिजो सरको गाली खाइन्थ्यो । आज समाजका बासिन्दाको गाली खाइन्छ । सुखद् नै मान्नुपर्छ, आजका बासिन्दाले बाँसको भाटा टुट्ने गरी पिटाइ भने गरेका छैनन् । अलिकति फरक यति मात्र हो, हिजो स्कूलबाट रेस्टिकेट गर्नुपर्छ भन्नेहरू थिए, आज देशबाटै रेस्टिकेट गर्नुपर्छ भन्नेहरू छन् । 

त्यतिका धेरै चोट, अपमान र गालीहरू सहेर पनि आज पनि मेरो विचार उस्तै छ – स्कूलमा कोही शिक्षक जाँड खाएर जान पाउँदैन र धुलो उड्ने खेल मैदान स्वास्थ्यको लागि हानिकारक छ । म यस्तो विचार प्रत्येक विद्यार्थीलाई बोक्न अनुरोध गर्छु । कतिपय शिक्षकले बच्चालाई माया गरे जस्तै नाटक गरेर केटी विद्यार्थीलाई ‘ब्याड टच’ गर्ने गर्छन् । शिक्षक होस् वा कोही उमेर पुगेको मान्छे, यसरी छुनु हुँदैन । आफ्ना नानीलाई ‘ब्याड टच’ र ‘गूड टच’बारे सिकाउनुपर्छ । मेरो विचार मन परेन भने गाली गर्नुहोस् । 

प्रसङ्ग बदलौं, केही दिनअघि कोरोनाको यस्तो संकटमा बेरोजगारलाई सैनिकले कम्तिमा कुर्ची टेबुल राखेर व्यवस्थित ढंगले खाना दिनुपर्छ भनेर मैले फेसबूकमा स्टाटस लेख्दा अमेरिका बस्ने एक जना मनुष्यले ‘तैंले दे न खाना, तैंले के हेरेर बसेको छस् कुकुर’ भनेर कमेन्ट गरे । 

उनलाई लागेको होला – हामीले अमेरिकामा मज्जासँग मासु दबाएर खान पाएकै छौ, यसकारण यो संसारमा अरु कोही भोकै छैन । सायद टुँडिखेलको छेउमा जम्मा भएका मानिसहरू कुनै नाटक घरबाट आएका होलान् उनको लागि वा सेनाको काम त्यो होइन भन्ने पनि परेको हुन सक्छ ।

उनको पृष्ठभूमि बुझ्दै जाँदा सेनापति छत्रमान गुरुङ सेनापति भएको समयमा उनलाई सैनिकको राशन–पानीको पैसामा अनियमितता गरेको आरोप लागेको मान्छे रहेछन् । ‘कोर्ट मार्सल’ पनि भएको रहेछ । ती ठेकेदारको चम्चे रहेछन् । सामानको बिल दोब्बर गराएर कमिसन खाने रहेछन् । अनि भागेर अमेरिका पुगेका रहेछन् । उनको बर्दी सहितको पुरानो फोटो देखेर लाग्यो – यस्तो बहुला पनि कसरी सैनिक भयो होला ?

यसरी सैनिकले जनतालाई मर्का परेको बेला सहयोग गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा विचार प्रस्तुत गर्दा  मैले गाली खाएँ । किनकि जनताले चिसो सडकमा बसेर अभियान्ताले दिएको एकछाक भात खाएको मलाई मन परेको थिएन । किनकि गणतन्त्रमा राज्यको उपस्थित हुनुपर्छ । जनताले बाँच्न पाउनु संवैधानिक हक हो । तर यो एउटा भगौडो मलाई नराम्रोसँग गाली गर्‍यो । सायद उसको हैसियत र औकात त्यही नै थियो । 

कलाकार धुर्मुस–सुन्तलीले जनताको गाली खानुपरेको छैन । किनकि उनीहरूले कैलाली क्षेत्र नम्बर १ टीकापुरबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरी निर्दोष छन् भनेर फेसबूकमा आफ्नो विचार लेखेका छैनन् । बालकृष्ण ढुंगेल निर्दोष थिए, बेकारमा फसाइयो भनेर कतै बोलेका छैनन् । केपी ओलीको उखान टुक्काले देश चल्दैन भनेर पनि बोलेका छैनन् । कुनै टेलिभिजन अन्तर्वार्तामा गएर प्रचण्ड विना यो रुखको पात पनि हल्लिँदैन भनेका छैनन् । धुर्मुस–सुन्तलीले पनि रेशम चौधरी निर्दोष छ बनेर लेखुन् त, अनि हेरौँला भगवान्को दानवत्वकरण कसरी हुन्छ भनेर । 

चलचित्र निर्माण गर्दा, अभिनय गर्दाको दिनसम्म दिपाश्री निरौलालाई कसैले केही भनेन तर राजेश हमाल महानायक होइनन् भनेर टेलिभिजन अन्तर्वार्तामा आफ्नो विचार राख्दा संसारले उनलाई लखेट्यो । किनकि त्यो विचारको प्रश्न थियो । नायिका साम्राज्य लक्ष्मीको सबै कुरा राम्रै चलिरहेको थियो तर जब चलचित्रमा पुरुष हिंसाको कुरा उठाउन थालिन्, बोलिन्, उनलाई पनि खेदियो । किनकि त्यो पनि अभिनयको नभई विचारको प्रश्न थियो । 

अन्त्यमा, कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरी निर्दोष छन् भन्ने मेरो विचार छ । उनलाई विभेद गरेर नै जेलमा राखिएको छ । मेरो विचारमा उनीमाथि झूटो आरोप लगाइएको छ । ल आउनुहोस् मित्रहरू, मलाई गाली गर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x