अनुराग कश्यपविरुद्ध किन आक्रामक बनिन् कंगना

बलिउडका दिग्गज फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौन शोषणको आरोप लगाएपछि कंगना रनावत आक्रामक भएकी छन् । 
 

पायललाई समर्थन गर्दै कंगनाले अनुरागको पुरानो भिडियो शेयर गरेकी छन् । त्यस भिडियोमा अनुरागले विद्यालय पढ्दा एक बालकलाई यौन दुर्व्यवहार गरेको बताएका थिए । आफूमाथि बालखैमा यौन शोषण भएकाले आफूले पनि त्यसै गर्नुपर्ने सोच आएको उनले त्यसमा बताएका छन् । 
 


Advertisement

पायलले अनुरागविरुद्ध ओशिवारा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । अनुरागले चाहिँ पायलको आरोप झूटो भएको बताउँदै आफ्नो छवि धमिल्याउने कोशिश गरिएको बताएका छन् । 
 

कंगनाले ट्वीट गर्दै लेखिन्, ‘मैले भावनामा खेल्ने गिद्ध र आत्महत्या ग्याङका बारेमा बोलेकी छु । तिनीहरूले सुशान्तको ज्यान लिए अनि मलाई पनि आत्महत्या गर्न उक्साए । धेरैजनाले मलाई सोधेका छन्, तिनीहरू किन त्यसो गरिरहेका हुन् ?’
 


Advertisement

कंगनाले अर्को ट्वीट लेखिन्, ‘अनुराग कश्यपको कुरा सुन्नुस् । सानो बच्चालाई दुर्व्यवहार गरेको उनी बताइरहेका छन् । अरूलाइै सताउनु नै समस्याको हल हो भन्ने यस्ता मानिसको सोच रहन्छ ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्