×

NMB BANK
NIC ASIA

युट्युबमा दयाहाङका नयाँ चार फिल्म, चारवटै ट्रेन्डिङमा

काठमाडाैं | कात्तिक २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । 

Muktinath Bank

यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्रो व्यापार गरे । अहिले उनी अभिनीत फिल्म ‘दिमाग खराब’ हलमा प्रदर्शनरत छ । यो फिल्मले पनि दर्शक तानिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दयाहाङका फिल्मले हलमा मात्र होइन, युट्युबमा समेत लोभलाग्दो दर्शक पाएका छन् । चाडपर्वको अवसर पारेर दयाहाङका चारवटा नयाँ फिल्म युट्युबमा सार्वजनिक छन् । ति चारवटै फिल्म यतिबेला युट्युब ट्रेन्डिङमा छन् । ​ 


Advertisment
Nabil box
Kumari

दयाहाङ स्टारर ‘के घर के डेरा’, ‘बिहे पास’, ‘कबड्डी ४’सँगै ‘फूलबारी’ समेत युट्युब ट्रेन्डिङमा छ । 

Vianet communication
Laxmi Bank

तीन दिनअघि रिलिज गरिएको फिल्म ‘के घर के डेरा’ युट्युब ट्रेन्टिङको शीर्ष स्थानमा छ ।

यस फिल्मलाई मंगलवार दिउँसोसम्म २३ लाखभन्दा बढी पटक हेरिसकिएको छ । दीपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा दयाहाङसहित विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायतको अभिनय छ । ​

त्यसैगरी दुई दिनअघि रिलिज गरिएको फिल्म ‘बिहे पास’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । फिल्मले अहिलेसम्म २० लाखभन्दा बढी भ्युज पाइसकेको छ । यो फिल्म यही वर्षको वैशाखमा हलमा प्रदर्शनमा आएको थियो । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल,बुद्धि तामाङलगायतको अभिनय छ । 

यस्तै, दुई साताअघि सार्वजनिक फिल्म ‘कबड्डी ४’ अहिलेसम्म पनि ट्रेन्डिङको चौथो स्थानमा छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले युट्युबमा अहिलेसम्म ८८ लाख हाराहारी भ्युज पाइसकेको छ । घरेलु बक्स अफिसमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्मको रेकर्ड राखेको ‘कबड्डी ४’मा दयाहाङसहित सौगात मल्ल, मिरुना मगरलगायतको अभिनय छ । 

तीन साताअघि सार्वजनिक अर्को फिल्म ‘फूलबारी’ पनि युट्युब ट्रेन्डिङबाट हटेको छैन । ९७ लाख हाराहारी भ्युज पाइसकेको यो फिल्ममा दयाहाङसहित विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्कीलगायतको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x