×

NMB BANK
NIC ASIA

दुई दर्जन बढी फिल्म फ्लप

यो वर्ष कस्तो छ चलचित्रको व्यापार ? ३३ मध्ये ६ वटामात्रै हिट, कुनको कमाइ कति ?

काठमाडाैं | मंसिर १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ ।

Muktinath Bank

सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी’को कमाइ सबैभन्दा बढी छ । उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको यो चलचित्रले हलमा १ सय दिन मनाएको थियो । असार मसान्तसम्म चलचित्रले १७ करोड १७ लाख ९५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको विवरण चलचित्र विकास बोर्डले गत साउनमा सार्वजनिक गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । लिम्बु समुदायको जारी प्रथाको कथामा बनेको चलचित्रले विदेशमा समेत राम्रो कमाइ गरेको थियो । दर्शकले निकै रुचाएको चलचित्रले समीक्षा पनि निकै राम्रो पाएको थियो । 

Vianet communication
Laxmi Bank

असारको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बगान’ले सन्तोषजनक कमाइ गर्न सफल रह्यो । पुराना अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको यो चलचित्रले माउथ पब्लिसिटीबाट दर्शक बढाउँदै लगेको थियो । चलचित्रले नेपालमा २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । 

null

करिष्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, सरोज खनाल, आकाश श्रेष्ठ, बसुन्धरा भुसाल, मिथिला शर्मा लगायतको अभिनय रहेको चलचित्र विदेशमा समेत प्रदर्शनमा आइसकेको छ । स्वप्निल निरवको कथा, सुरेश वाग्लेको निर्माण रहेको चलचित्रले एकल आमा र छोरीको कथा प्रस्तुत गर्छ । 

त्यस्तै, भदौं २९ गतेबाट प्रदर्शनमा आएको ‘नाङ्गो गाउँ’ यसवर्षको अर्को सफल चलचित्र हो । दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, कार्म, बुद्धि तामाङ लगायतको अभिनय छ । 

null

वितरक रोहित कट्टेलका अनुसार चलचित्रले नेपालमा ४ करोड ५० लाख ग्रस कलेक्सन गरेको थियो । विदेशमा समेत चलचित्रले राम्रो कमाइ गरेको छ । ‘नाङ्गो गाउँ’ स्थानीय तहको राजनीतिको विषयमा निर्माण भएको हो । हिमाल कड्रिया यस चलचित्रका निर्माता हुन् । चलचित्र सफल भएसँगै यसको सिक्वेल ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा समेत भइसकेको छ । 

भदौंपछि दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’लाई दर्शकले निकै रुचाए । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रले ८ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको यसका निर्माता राजेश वंशलले जानकारी दिए । उनका अनुसार अहिले पनि नेपालका केही हलमा प्रदर्शन भइरहेको चलचित्रले विदेश प्रदर्शन पनि आरम्भ गरिसकेको छ । 

null

रमेश बिजीको कथा रहेको यो चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सबिन बास्तोला लगायतको अभिनय छ । 

अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनामा चलचित्र बनेको हो । 

दशैंकै अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २: भस्मे डन’ पनि दर्शकको माया पाउँदै यसवर्षको अर्को हिट चलचित्र बन्न सफल रह्यो । दीपेन्द्र के. खनाल निर्देशित चलचित्रले ८ करोड रुपैयाँ बढी ग्रस कलेक्सन गरेको वितरक करण श्रेष्ठले जानकारी दिए । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन एवं निर्माण रहेको चलचित्र ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’माथि केन्द्रित रहेर बनेको हो । यो चलचित्र सफल भएसँगै ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा भइसकेको छ । 

null

प्रदर्शनरत चलचित्र ‘दिमाग खराब’ यसवर्षको अर्को हिट चलचित्र हो । तिहारको अवसर पारेर प्रदर्शनमा आएको निश्चल बस्नेतको निर्देशन रहेको यो चलचित्रले दुई सातामा ७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले सार्वजनिक गरेको थियो । यो चलचित्र अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । 

null

चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायतको अभिनय छ । आकाश बरालको कथा लेखन रहेको चलचित्रको निर्माता रौनक विक्रम कँडेल हुन् । 

आफूले चुनेर पठाएको नेतृत्वले सोझासिधा जनतालाई कसरी ठगिइरहेका छन् ? त्यसरी ठग्ने नेतृत्वविरुद्ध साधारण जनतामा विद्रोहको आगो सल्कियो भने त्यसले कुन रूपसम्म लिनसक्छ भन्ने कथा चलचित्रले प्रस्तुत गरेको छ । पारिवारिक जीवनलाई सहज बनाउन वैदेशिक रोजगारीमा जाने तयारी कसेका साधारण व्यक्तिलाई केन्द्रमा राखेर चलचित्रको कथा प्रस्तुत गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x