निरन्तर घट्दै सुनको मूल्य, कति छ आज ?

नेपाली बजारमा पछिल्ला दिनहरूमा सुन तथा चाँदीको मूल्यमा गिरावट आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Advertisement

बुधवारको तुलनामा यस दिन छापावाल सुनमा १ हजार २ सय रुपैयाँको गिरावट भएको छ ।

बुधवार छापावाल सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार तेजाबी सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहीवार चाँदीको मूल्यमा ७० रुपैयाँको गिरावट आएको छ । यस दिन चाँदी प्रति तोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बुधवार भने चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्