×

NMB BANK
NIC ASIA

जैमिनीमा गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे’ सेवा सञ्चालन

असोज १०, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बागलुङको जैमिनी नगरपालिकाले गर्भवती महिलाका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा सञ्चालनमा ल्याएको छ । 

Muktinath Bank

टाढाको ग्रामीण क्षेत्रबाट नगरपालिका आउन नसक्ने गर्भवती महिलालाई सहज रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुश्मीशेरा बजार तथा टाढाका कुनै पनि स्वास्थ्य संस्थामा जान नसकेको अवस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीले गाउँघरमा नै पुगेर गर्भवती महिलालाई भिडियो एक्सरे सेवा प्रदान गर्नेछ । 


Advertisment
Nabil box
Kumari

पहिलो चरणमा नगरपालिका–३ स्थित उपल्लो दमेक, वडा नम्बर ७ स्थित जैदी, वडा नम्बर ८ स्थित छिस्ती र वडा नम्बर १० स्थित रांखानी स्वास्थ्य संस्थाबाट यो सेवा सञ्चालनमा ल्याएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

यसअघि नगरपालिका गर्भवती महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले मात्रै ‘भिडियो एक्स–रे’ सेवा प्रदान गर्दै आएको थियो । 

कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शसर्त अनुदान १ लाख र नगरपालिकाको ३ लाख गरी कूल ४ लाख वजेट विनियोजन गरिएको छ । विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागी भएका छन् । असोजको पहिलो सातादेखि कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमअन्र्तगत हालसम्म ४५ जना गर्भवती महिलाले सेवा प्राप्त गरेका छन् । 

‘सबैको पहुँचमा सूचना नपुगेको पनि हुन सक्छ,’ स्वास्थ्यकर्मी सुनिता चालिसे भनिन्, ‘यो सेवा प्रभावकारी हुने देखियो, यसप्रति धेरै गर्भवती महिला उत्साहित हुनुहुन्छ ।’ गर्भवती महिलाले ४ पटक गर्भ जाँच गर्नुपर्छ । स्वास्थ्य शाखाले हरेक ३ महिनामा घुम्तीसेवा सञ्चालन गर्ने योजना बनाएको छ । 

गाउँघरमा यो सेवा नहुँदा यहाँका महिलालाई निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउन बुटवल, पोखरा तथा धौलागिरी अञ्चल अस्पताल बागलुङमा जानुपर्ने बाध्यता थियो । स्थानीय स्वास्थ्य चौकीमा नियमित रूपमा गर्भ जाँच गराउने महिला पनि भिडियो एक्सरे सेवामा सहभागी हुने भएको छ । गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउन भिडियो एक्स–रे गर्न टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुँदा निकै खुशी लागेको जैमिनी–८ छिस्तीकी गर्भवती रमादेवी रेग्मीले बताइन् ।

‘वर्षायाममा गाउँको बाटो अप्ठ्यारो, कोरोनाको डर, बागलुङ बजार कसरी जानेहोला भन्ने चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘अहिले गाउँकै स्वास्थ्य चौकीमा यो सेवा लिन पायौं । निकै सहज भयो, पैसाको बचतसँगै जोखिम पनि मोल्नुपरेन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x