२१ असार २०८३, आइतबार

एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकता : ओली

कात्तिक २०, २०७४
एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकता : ओली

काठमाडौँ, २५ वैशाख- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ ।

एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा नं २१ स्थित लगनमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भृकुटी कागज, बाँसबारी छालाजुत्ताजस्ता उद्योग बन्द हुनु विडम्बना भएको भन्दै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छाँै, भृकुटी कागज कारखाना बेचेपछि हामीले घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ । यो अवस्था रहेमा देश बन्दैन ।”

उहाँले महानगरको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यसहितको उम्मेदवारले जितेमा भ्रष्टाचाररहित महानगर बन्ने पनि दाबी गर्नुभयो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्