२८ जेठ २०८३, बिहीबार

प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारक उद्घाटन

प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारक उद्घाटन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारकको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले बाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान र्पुयाउने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग र्पुयाउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरे ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई  र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एकअर्काको अपेक्षा अनुसार दायित्व निर्वाह गर्नुपर्ने बताए । 

प्रहरी र नागरिक एकआपसमा साझेदारी गर्दै कानुन तथा सरकारले अख्तियार गरेको नीति निर्देशनको पालना गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राईले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त कार्यक्रममा सोही परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्