हालसम्म अमेरिकामा कति पुगे कोरोनाभाइरस संक्रमित ?

काठमाडौं । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ७३ लाख ३१ हजार नाघेको छ । अमेरिकामा विश्वभरका अन्य देशको तुलनामा धेरै संक्रमित रहेका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा २ लाख ९ हजार ५५६ जनाको मृत्यु समेत भएको छ ।
यसैगरी हाल अमेरिकामा निको हुनेको संख्या ४५ लख ७७ हजारको हाराहारीमा रहेको छ भने २५ लाख ४४ हजार बढी सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये अमेरिकामा १४ हजार १२० जनाको अवस्था गम्भीर छ ।
हालसम्म अमेरिकामा १० करोड ४५ लाख ३४ हजार बढीको कोरोना परीक्षण भएको छ । अमेरिकामा कोरोनाको अवस्था भयावह भएसँगै राष्ट्रपति ट्रम्पले उपयु्क्त कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्