साठी प्रतिशत सङ्क्रमित उपत्यकामा

काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

सोमबार देशभर एक हजार ३५१ जनामा सङ्क्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्रै ठूूलो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।


Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यो सङ्ख्या सोमबार देशभर थपिएको कुल सङ्क्रमित सङ्ख्याको ६०.४७ प्रतिशत हो । काठमाडौँमा मात्र देशभर सङ्क्रमण देखिएको सङ्क्रमित सङ्ख्याको ४८ प्रतिशत रहेको छ ।


Advertisement

थप एक हजार ३५१ सङ्क्रमित
नेपालमा सोमबार थप एक हजार ३५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ३५१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिदिए । आइतबार एक हजार ५७३ जनामा कोरोना पुष्टि भएको थियो ।

योसँंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्