
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १५ सय १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये ५५ हजार ३ सय ७१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
सक्रिय संक्रमितको संख्या भने २० हजार ३ सय ९६ रहेको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ४ सय ९१ पुगेको छ ।