
एउटा आलुको तस्वीरको मूल्य कति पर्छ होला ? तपाई सहजै उत्तर दिनु होला केही हजार भन्ने । तर करिब ७ वर्ष अघि खिचिएको एउटा तस्वीर १ मिलियन युरोमा बिक्री भएको छ ।
युरोपका एक व्यापारी उक्त आलुको तस्विर खरिद गरेका हुन् । ती व्यापारीको नाम नखुलाइए पनि उनी केविनको प्रशंसक रहेको बताइएको छ ।
कालो परिदृश्यमा पोट्रेट फोटोग्राफीका लागि केविन चिनिन्छ । उनले लिएको आलुको तस्विर पनि त्यही प्रकारको रहेको छ जसलाई पोट्रेट ३४५ नाम दिइएको छ ।
केविनको स्टुडियोका एक कर्मचारीका अनुसार उनलाई आलु निकै मन पर्छ । त्यही भएर उनले विभिन्न आलुहरुको तस्विर लिएका थिए, जसमध्ये यो उनको सबैभन्दा मनपर्ने तस्विर हो ।
केविन बिजनेस र शो बिजनेसका चर्चित व्यक्तिका लागि स्टाटस सिम्बोल नै बनेका छन् । उनले चर्चित व्यक्तित्वहरुको फोटो खिचेका छन् जसमा गुगल चेयरम्यान एरिक स्मिथ, ट्वीटरका ज्याक डोर्सी, कला क्षेत्रबाट जोनी डेप, स्टीवन स्पिल्सवर्ग लगातका तस्विरहरु खिचेका छन् ।