×

NMB BANK
NIC ASIA

कोरोनाकालमा उल्टो यात्रा : दशैंतिहारको मुखमा गाउँघर होइन, मुग्लानतिर !

असोज १४, २०७७

NTC
Premier Steels

दैलेखको भैरवी गाउँपालिका– २ का चेतन भण्डारी हालै भारतको गुजराततर्फ प्रस्थान गरे । कोरोना भाइरस संक्रमणको महामारीसँगै ७ महिनाअघि गाउँ फर्केका भण्डारी दशैंतिहारको मुखमा रोजगारीका लागि भारततिर लागे ।

Muktinath Bank

विगतका वर्षमा दशैंतिहार लगायत चाडपर्व आउँदा स्वदेश फर्किने नेपालीको लर्काे लाग्थ्यो । तर कोरोनाकालमा नेपाली युवाको विगतभन्दा उल्टो यात्रा चलेको छ, चाडवाड नजिकिँदा गाउँघर छाडेर परदेश जानुपरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विगतमा दशैं मनाउन हरेक वर्ष हामी घर आउने गथ्र्यौं । यो वर्ष दशैंतिहार दशा बनेर आएको छ । ७ महिना गाउँमै बस्दा धेरै ऋण लागि सकेको छ,’ भण्डारीले भने, ‘ऋण तिर्न र दशैंसम्म २–४ पैसा भए पनि घरमा पठाउन गुजराततर्फ लागेको हुँ । हामीसँग यसको विकल्प नै छैन ।’
 
कोरोनाकै महामारीबीच स्वदेश फर्किएका कालिकोटको खाँडाचक्र नगरपालिकाका खडक शाही पनि भारततिर लागेका छन् । उनी १५ जनाको समूह बनाएर उत्तराञ्चल प्रदेशको नैनीतालमा रोजगारीका लागि गएका छन् ।


Advertisment
Nabil box
Kumari

‘गाउँमा आम्दानी छैन । दशैंमा मिठोमसिनो खान, छोराछोरीलाई नयाँ कपडा खरिद गर्न र अन्य खर्च जुटाउन समस्या भयो । गाउँमा ऋण पाइने स्थानजति चहारेर अब ऋण पाउनै मुस्किल भयो,’ उनले लोकान्तरसँग भने, ‘भोकले मर्नुभन्दा कोरोनाले मरे मरिएला भनेर हिम्मत गर्दै बाध्य भएर दशैंको मुखमा भारत गएका हौं ।’

Vianet communication

कालिकोटको नरहरिनाथ गाउँपालिकाका अधिकांश युवा भारततर्फ गइसकेका छन् । गाउँपालिका–६ का रमेश विश्वकर्मा गाउँमा हुने सानातिना रोजगारीका अवसरले परिवार पाल्न नसकिने भएकाले भारत फर्किनुपरेको बताउँछन् । ‘सरकारी ज्याला मजदुरी गर्दा दिनको ४००–५०० रुपैयाँ मात्रै कमाइ हुन्छ । यसले आफू के खाने ? छोराछोरीलाई के खुवाउने ?’ उनले भने, ‘बरु यसपालिको दशैं नमनाइएला । तर छोराछोरीलाई भोकै राख्नुभन्दा भारत जानुको विकल्प भएन ।’ 

दैलेखको आठबीस नगरपालिकाबाट समेत युवाहरू भारततर्फ गएका छन् ।  भारतको उत्तराञ्चल, मुम्बई, हिमाञ्चल, गढवाल, गुजरात लगायतका स्थानमा रोजगारीका लागि अधिकांश युवा गइसकेका छन् । 

दैलेखको भैरवी गाउँपालिका उपाध्यक्ष पदमकुमारी विष्टले गाउँपालिकामा भारतबाट फर्किएका ८० प्रतिशतभन्दा बढी व्यक्ति पुनः भारत नै फर्किएका बताउँछिन् । ‘हाम्रो तथ्यांक अनुसार हालसम्म ८० प्रतिशतभन्दा बढी व्यक्ति गइसके भने १५ प्रतिशतले दशैं कुरेर बसेका छन् । त्यसपछि उनीहरू पनि जान्छन्,’ उनले भनिन्, ‘५ प्रतिशतले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने मानसिकताका साथ काम गर्न थाल्नुभएको छ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार बबई नाकाबाट असोज १–१२ गतेसम्म मात्रै २४ हजार ६२५ जना व्यक्ति बाहिरिएका छन् । ‘जसमध्ये ८० प्रतिशतभन्दा बढी नागरिक भारततर्फ गएका छन्,’ उनले भने । कर्णाली प्रदेशबाट बाहिरिएकामध्ये ७ हजार ११३ महिला र १७ हजार ५१२ जना पुरुष रहेका प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय अनुसार नेपालमा लकडाउन भएयता कर्णाली प्रदेशको प्रमुख नाका बबईबाट मात्रै ७० हजारभन्दा बढी व्यक्ति भारतबाट नेपाल फर्किएका छन् भने २ हजारभन्दा बढी व्यक्ति तेस्रो मुलुकबाट फर्किएका छन् । 

सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लकडाउनको समयमा आएका सबै नागरिकलाई सरकारले यतै व्यवस्थापन गर्ने भनेर सार्वजनिक भाषणबाजी गरेपनि कर्णालीका युवा भारततिरै फर्किएका छन् । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारले बजेट कार्यान्वयनलाई तीव्र रूपमा लगेको बताउँदै भनेको समयमा नै सबैलाई रोजगारी सिर्जना गर्न नसकिने बताइन् ।

‘रोजगारी भन्ने बित्तिकै पाउने कुरा होइन । मुख्यमन्त्री रोजगारी कार्यक्रम कार्यान्वयन, मन्त्रालयबाट विभिन्न कार्यक्रम, विकास निर्माणका कार्यक्रम केही समयमा नै शुरू हुँदैछन्,’ उनले भनिन्, ‘सबै युवाले गाउँमै केही गर्ने र गाउँको मुहार फेर्न योगदान दिने सपना देख्नपर्छ । सरकारले व्याज अनुदानका कुरा ल्याएको छ । विना धितो व्यवसाय गर्ने युवालाई ऋण दिने भन्ने योजना बनाएका छौं । १–२ महिना धैर्य गर्नुपर्थ्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x