०३ असार २०८३, बुधबार

वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा

वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ ।

आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए।

वडाध्यक्ष मियाँविरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । यसबारे वडाध्यक्ष मियाँसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

salt training

कमेन्ट गर्नुहोस्