२९ असार २०८३, सोमबार

महिलाहरूले सम्मान पूर्वक बाँच्न पाउनुपर्छ : अध्यक्ष ओली

महिलाहरूले सम्मान पूर्वक बाँच्न पाउनुपर्छ : अध्यक्ष ओली

कर्णाली प्रदेश सभाका सामाजिक विकास समिति अध्यक्ष एवम अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशका अध्यक्ष देवी ओलीले महिलाहरुले सम्मान पूर्वक बाँच्न पाउनुपर्ने बताएकी छिन् ।

हुम्ला जिल्लाको सिमीकोट गाँउपालिका वाड नं. ७ मा २०७७ साल असोज १६ गते शुक्रवारका दिन देवर नाता पर्नेसँग प्रेम गरेको आशंकामा एक महिलामाथि गरेको दुर्व्यवहारको घटनाबारे आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले दोषीमाथि हदैसम्मको कारवाहीको माग समेत गरेकी छिन् ।

अध्यक्ष ओली र सचिव हिमाकुमारी वनद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ, मुलुकमा सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको परिकल्पनासहितको नेपालको संविधान २०७२ जारी भएको पाँच वर्ष बिति सकेको छ । हाम्रो संविधानको मर्म र भावना अनुसार मुलुकी देवानी संहिता र फौंजदारी संहिता २०७४ लगायत धेरै ऐन, कानून बनिसकेका छन तर पितृसत्तात्मक सामान्ती चिन्तन र सोचमा आधारित विभेद, दुर्व्यवहार अपमान र उत्पीडन आज पनि नेपाली महिलाहरूले यो वा त्यो बहानामा भोग्नु नै परेको छ ।'

'जवरजस्ती करणी, करणीपछि हत्या, कुटपिट, अपमान र दुर्व्यवहार के महिलाको दिनचर्या हो ? यसको ज्वलन्त उदाहरण हुम्ला जिल्ला सिमीकोट गाँउपालिका वाड नं. ७ मा मिति २०७७ साल असोज १६ गते शुक्रवारका दिन देवर नाता पर्नेसँग प्रेम गरेको आशंकामा एक महिलामाथि गरेको दुर्व्यवहारको घटना हो । यस घटनामा महिलाको केश मुण्डन गरेको कुरा सामाजिक सञ्जालमा आएको फोटोबाट प्रमाणित भएको छ र कालो मोसो दल्ने, मुखमा माटो ढुंगा दिशा .... आदि आदि खुवाई दुर्व्यवहार गरेको भनी सुन्नमा आएको छ । यो घटनाले महिलाहरूले सम्मान पूर्वक बाँच्न पाउने हकको प्रयोग गर्न पाएका छैनन् भन्ने तथ्य उजागर भएको छ ।'

विज्ञप्तिमा भनिएको छ,'यस्तो अमानवीय, निन्दनीय घटनाप्रति अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी सत्य तथ्यका आधारमा अपराधीलाई कानून बमोजिम हदैसम्मको कडा भन्दा कडा सजाय होस् भनी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।'

salt training

कमेन्ट गर्नुहोस्