२१ असार २०८३, आइतबार

प्रदेश राजधानी विवाद– कांग्रेसको नाराबाजीका बीच मन्त्रीले पेश गरे प्रस्ताव

प्रदेश राजधानी विवाद– कांग्रेसको नाराबाजीका बीच मन्त्रीले पेश गरे प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी र नामांकनसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गरेका छन् । 

सोमवार बसेको प्रदेश सभाको दोस्रो बैठकमा कांग्रेस सांसदको नाराबाजीका बीच मन्त्री केसीले छलफलका लागि प्रस्ताव पेश गरेका हुन् । 

नाराबाजी चलिरहेको समयमा मन्त्री केसीले प्रस्ताव पेश गरेपछि कांग्रेस सांसदले टेबल कुर्सी उचालेर फालेका थिए ।

नाराबाजीका बावजुद प्रदेश सभामा छलफल शुरू भएको छ । 

यसअघि प्रदेश सभाको पहिलो बैठक कांग्रेसले नाराबाजी गरेपछि अवरुद्ध भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्