
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी र नामांकनसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गरेका छन् ।
सोमवार बसेको प्रदेश सभाको दोस्रो बैठकमा कांग्रेस सांसदको नाराबाजीका बीच मन्त्री केसीले छलफलका लागि प्रस्ताव पेश गरेका हुन् ।
नाराबाजी चलिरहेको समयमा मन्त्री केसीले प्रस्ताव पेश गरेपछि कांग्रेस सांसदले टेबल कुर्सी उचालेर फालेका थिए ।
नाराबाजीका बावजुद प्रदेश सभामा छलफल शुरू भएको छ ।
यसअघि प्रदेश सभाको पहिलो बैठक कांग्रेसले नाराबाजी गरेपछि अवरुद्ध भएको थियो ।