×

NMB BANK
NIC ASIA

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै

असोज २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनमा असोज १० र १२ गते बाघको आक्रमणबाट २ जनाको ज्यान गयो । २ दिनको बीचमा २ जनाको ज्यान गएपछि यसबारे अनुसन्धान थालिएको छ ।

Muktinath Bank

वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत निगरानी बढाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयका प्रमुख डा. बाबुराम लामिछानेले फेरि पनि अप्रिय घटना घट्नसक्ने भएकाले कुमरोज सामुदायिक वनमा आक्रमण गर्नेे बाघलाई निगरानी बढाइएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘बाघ अहिले पनि सोही स्थानमा हिँडडुल गर्ने गरेको क्यामेरामा दृश्य कैद भइरहेको तर अहिले तत्काल समातेर राख्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘बाघ बस्तीमा प्रवेश गरे त्यसलाई अति संवेदनशील मानिन्छ । त्यही भएर क्यामेरा राखेर त्यसको गतिविधि अध्ययन गर्ने काम पनि भइरहेको छ । बस्ती प्रवेश गर्ने संकेत देखाए स्थानीयलाई सतर्क रहन आग्रह गर्छाैं ।’

Vianet communication
Laxmi Bank

बाघको बानी ब्यहोरा र स्वास्थ्य अवस्थाबारे जानकारी लिन घटना भएकै दिनबाट क्यामेरा राखेर निगरानी गरिएको कार्यालयका प्रमुख लामिछानेले जानकारी दिए । बाघको दैनिक कैद भएको दृश्यको आधारमा अध्ययन तथा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

डा. लामिछानेका अनुसार बाघ अशक्त बूढो, शिकार गर्न नसक्ने, अन्य बाघसँग बस्न नसकेको खण्डमा वनको छेउ भागमा आउने गर्दछ । यो अवस्थामा मानिसलाई आक्रमण गर्ने सम्भावना बढी हुन्छ । प्रमुख लामिछानेका अनुसार कुमरोजमा आक्रमण गर्ने बाघ पूर्णरूपमा स्वास्थ रहेको पत्ता लागेको छ । कुनै पनि चोट, घाउ र अशक्तता देखिएको छैन । सो बाघ करिब ८ वर्ष उमेरको भाले पाटेबाघ हो । सन् २०१८ को बाघ गणनाको क्रममा सो बाघ ५ वर्षको थियो ।

कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले रत्ननगर–६ का ५५ वर्षीय बबना चौधरीलाई आक्रमण गरेको थियो । घटनामा बाघले जरायो भर्खर मारेर खाना थालेका समय मृतक सोही स्थानमा घाँस काट्दै पुगेपछि आक्रमण गरेको देखिएको छ । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बाघले स्थानीय ६५ वर्षीय जगदीश चौधरीलाई मारेको थियो । यो बाघलाई अहिले निकुञ्जले नियन्त्रणमा राखेको छ ।

बाघलाई अहिले खोरमा राखेर उपचार गरिँदैछ । २ घटना घटाउने बाघ भने फरक–फरक हुन् ।

‘बाघ लजालु स्वाभावको हुन्छ,’ उनले भने, ‘मानिससँग टाढै बस्छ । तर शिकार गरेको आहार खाने समयमा वा सोही स्थानमा नजिकै भएमा आक्रमण गर्छ ।’ बाघहरू अस्वस्थ भएर मानिसलाई आक्रमण गरेको भन्ने निष्कर्ष निक्लिए त्यो बाघलाई उपचारपछि छाडिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जको बाघमध्ये ४ प्रतिशतले मानव बस्ती नजिक रहने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । चितवनमा हाल ९३ वटा बाघ रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको पाटेबाघ, एकसिङ्गे गैंडा पाइन्छ । यही जनवारबाट बर्सेनि निकुञ्जसँग बस्ती जोडिएका मानिसले ज्यान गुमाउनुपरेको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आए पनि कमी भने आउन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x