३१ असार २०८३, बुधबार

विश्व खाद्य कार्यक्रमलाई पनि नोबेल शान्ति पुरस्कार

असोज २३, २०७७
विश्व खाद्य कार्यक्रमलाई पनि नोबेल शान्ति पुरस्कार

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार गरिएको छ ।

विश्व खाद्य कार्यक्रमले विश्वभर द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समस्यामा परेको समुदाय वा व्यक्तिको खाद्यान्न सङ्कट टार्न र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ गरेको महत्वपूर्ण भूमिकाका लागि यस वर्षको नोबेल शान्ति पुरस्कार डब्लुएफपीलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बताएको छ ।

विश्व खाद्य कार्यक्रमका अनुसार उसले प्रत्येक वर्ष विश्वभरि ९.७ करोड मानिसलाई सहायता पु¥याउने गरेको छ ।

समितिले भनेको छ, “डब्लुएफपीको भोकमरीसँग जुझ्ने प्रयास, द्वन्द्वरत क्षेत्रमा शान्ति स्थापनार्थ गरिएका काम अर्थात् भोकमरीलाई युद्ध र द्वन्द्व अन्त्यको अस्त्रको रूपमा प्रयोग गर्न गरिएको योगदानका लागि उक्त संस्थालाई पुरस्कृत गरिएको हो ।”

उक्त पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ ।

गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ ।

पुरस्कृत भएपछि डब्लुएफपीको ट्वीटरमा लेखिएको छ, “यो विश्वका लागि एक शक्तिशाली स्मरण हो कि शान्ति र भोकमरीको अन्त्य सँगसँगै हुनसक्छ ।”

पुरस्कार घोषणापछि नियमित प्रेस वार्तालापमा जेनेभास्थित संयुक्त राष्ट्र संघको पोडियमबाट प्रवक्ता टोमसन फिरीले उक्त जीतलाई संयुक्त राष्ट्र संघको लागि थप जिम्मेवार र गौरवपूर्ण बनाउने थप जिम्मेवारी थपिएको बताए।

salt training

कमेन्ट गर्नुहोस्