नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइसोलेसनमा बसेका थिए ।
सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।
आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।