३१ असार २०८३, बुधबार

कोरोना संक्रमितले लोक सेवा परीक्षा दिने व्यवस्था मिलाउन सर्वाेच्चको अन्तरिम आदेश

कोरोना संक्रमितले लोक सेवा परीक्षा दिने व्यवस्था मिलाउन सर्वाेच्चको अन्तरिम आदेश

लोक सेवा आयोगको प्रतिस्पर्धामा सहभागी हुन आवेदन भरेका कोरोना भाइरस संक्रमित व्यक्तिले समेत परीक्षा दिने व्यवस्था मिलाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ जारी गर्दै बुँदा नम्बर ८(१) मा कोरोना संक्रमितले परीक्षा दिन नपाउने व्यवस्था गरेको थियो ।

त्यसविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले बुँदा नम्बर ८(१) लाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मानवअधिकार रक्षक सञ्जालसँग आवद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले लोक सेवा आयोगविरुद्ध सर्वाेच्चमा रिट दिएका थिए ।

सर्वाेच्चले कोरोना संक्रमितलाई आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षामा सहभागी गराउन र संक्रमित नभएका व्यक्ति समेत संक्रमित हुने खतरालाई समेत ख्याल गर्न आदेश दिएको छ । 

यस्तो छ अन्तरिम आदेश

salt training

कमेन्ट गर्नुहोस्