×

NMB BANK
NIC ASIA

उदाहरणीय स्कूल

विद्यार्थी भर्नामा मारामार हुने सामुदायिक विद्यालय, जहाँ नेताले नै गर्न खोज्छन् भनसुन

कात्तिक १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धेरैजसो अभिभावकले छोराछोरीलाई सरकारी र सामुदायिक विद्यालयमा पढाउन चाहँदैनन् । सामुदायिक विद्यालयमा हुने लापरवाहीले अभिभावक हैरान हुन्छन् ।

Muktinath Bank

तर जनकपुरधाम उपमहानगरपालिकाको एउटा सामुदायिक विद्यालय यस्तो छ, जहाँ विद्यार्थी भर्ना गराउनका लागि अभिभावकहरू मारामार गर्छन् । संकट मोचन रामरति देवशरण माध्यमिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीकै बीचमा सरकारले भर्ना खोलेपछि धेरैजसो संस्थागत विद्यालय विद्यार्थी भर्नाका लागि अभिभावकको बाटो कुरेर बसिरहेका बेला संकटमोचन विद्यालयमा ८–९ कक्षाको भर्ना बन्द भइसकेको छ । विद्यालयका प्रधानाध्यापक बलिराम साहका अनुसार असोज २६ गतेसम्म विद्यार्थी भर्नाका लागि ८ पटक प्रवेश परीक्षा लिइएको थियो । विद्यार्थी भर्ना कार्यक्रम सकिएर बन्द समेत भइसकेको उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘६–९ कक्षासम्मका नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेका छौं,’ प्रअ साहले भने, ‘आफ्ना विद्यालयका नियमित उत्तीर्ण भएर अपग्रेड हुने विद्यार्थीबाहेक थप नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्छ ।’ उनका अनुसार नयाँ शैक्षिक सत्रमा ८–१० कक्षासम्मका लागि कूल ५०० विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा ३०० उत्तीर्ण विद्यार्थीको भर्ना गरेर नयाँ भर्ना बन्द गरिएको उनले बताए । तलको कक्षामा भने थप विद्यार्थी भर्ना गरिने उनले बताए ।

Vianet communication
Laxmi Bank

‘सीट क्षमताभन्दा बढी विद्यार्थी उत्तीर्ण भएर भर्ना नपाएपछि वा अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्न नमानेपछि कतिपय अभिभावकहरू रोएर हारगुहार लगाउँदै अनुरोध गर्ने गर्नुहुन्छ भने कतिपय अभिभावकले स्थानीय नेतादेखि सांसदसम्मबाट फोन गराउनुहुन्छ, भनसुन गराउनुहुन्छ’ साहले भने, ‘त्यतिले पनि नभएपछि कोही कोही अभिभावकले विभिन्न किसिमका धाकधम्की समेत दिने गर्नुहुन्छ ।’

उनका अनुसार चालू शैक्षिक सत्रमा शिशुदेखि १२ कक्षासम्म २ हजार ७०० विद्यार्थी भर्ना भइसकेका छन् । शिशुदेखि ५ कक्षासम्म ५५० जना, ६–८ कक्षासम्म ७०० जना, ९–१० कक्षासम्म ६०० जना र ११–१२ कक्षामा ६०० विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ । जसमध्ये १ हजार ४५० जना छात्रा तथा १ हजार २५० जना छात्र छन् । ४०० छात्र तथा छात्राहरू दलित समुदायका छन् ।

स्मार्ट बोर्डमा सूचना प्रविधिमार्फत पढाइ

२०७६ साउन २० गते तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले विद्यालयको अनुगमन गरेको थियो । मन्त्रालयले विद्यालयको लागि १२ वटा स्मार्ट बोर्ड, १४ वटा प्रोजेक्टर, ६० थान कम्प्युटर, कक्षा कोठामा सीसीटीभी क्यामेरा, राउटर, ब्याट्री सहितका उपकरण उपलब्ध गराएपछि विद्यालय सूचना प्रविधिमैत्री बनेको छ । 

विद्यालयमा स्मार्ट बोर्ड राखिएको छ । कक्षा कोठामा प्रोजेक्टर र एउटा कम्प्युटर समेत जडान गरिएको छ । स्मार्ट बोर्डलाई कम्प्युटर स्क्रिनको रूपमा र आवश्यकता अनुसार शिक्षकले पढाउने बेला ‘टच पेन’को मद्दतले बोर्डको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
 ‘स्मार्ट बोर्डमा सबै कक्षाको पाठ्यक्रम, विषयवस्तुको पढाइदेखि विभिन्न शैक्षिक सामग्रीहरू वेबसाइट तथा यूट्यूबमा राखिएको छ,’ १० कक्षामा पढाइरहेका शिक्षक अमित कर्णले भने, ‘पढाएको कुरालाई फाइल बनाएर सेभ पनि गर्न सकिन्छ, अनुपस्थित भएका विद्यार्थीले त्यो पाठ पछि पनि सिक्न सकिन्छ ।’
 
स्मार्ट बोर्डको मद्दतले कुनै कुराको तस्वीर वा दृश्य नै देखाउनु पर्दा चित्र कोर्ने झन्झटबाट शिक्षक पनि मुक्त हुने र समयको समेत बचत हुने गरेको कर्णले बताए । गणित नै पढाउनुपर्‍यो भने वा बोर्डमा केही लेख्नुपर्‍यो भने फेरि त्यसै स्मार्ट बोर्डलाई लेख्ने बोर्डको रूपमा परिणत गर्न सकिने हुँदा प्रविधि जान्ने शिक्षकको लागि धेरै नै उपयोगी रहेको उनले बताए । 

कुनै विषयको विषयगत शिक्षक अनुपस्थित भएका दिन पहिला पढाइ प्रभावित हुन्थ्यो तर अहिले स्मार्ट बोर्डमा सबै कुरा पहिलेदेखि नै लोड गरेर राखिएकाले अन्य शिक्षकले पनि पढाइ दिने गर्दा सिकाइ राम्रो भएको ९ कक्षामा अध्ययनरत छात्रा अञ्जनीकुमारी साहले बताइन् । 

प्रधानाध्यापक बलिराम साह

एसईईमा उत्कृष्ठ परिणाम, अतिरिक्त क्रियाकलापमा पनि अब्बल

प्रधानाध्यापक साह विद्यालयको एसईईमा राम्रै परिणाम आएको बताउँछन् । २०७४ सालको एसईईमा ४ जना विद्यार्थीले ‘ए प्लस’, ३६ जनाले ‘ए’ ग्रेड ल्याएका थिए । २०७५ सालमा ६ जनाले ‘ए प्लस’ र ३८ जनाले ‘ए’ ग्रेड, २०७६ सालमा ४८ जनाले ‘ए प्लस’ र ७० जनाले ‘ए’ ग्रेड ल्याएका साहले बताए ।

२०७४ सालमा ९ कक्षामा अध्ययनरत विद्यार्थी सन्नी कर्णले काठमाडौंमा सम्पन्न गणित विषयको इन्टेलिजेन्स प्रतियोगितामा नेपालमा नै प्रथम पुरस्कार जित्न सफल भएका थिए । सोही प्रतियोगितामा ९ कक्षाका अर्का विद्यार्थी सुरजकुमार साहले विज्ञान विषयको प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रमा प्रथम तथा नेपालमा तेस्रो स्थान ल्याएर पुरस्कार जितेका थिए । दुवै बिद्यार्थी हाल विद्यालयको ११ कक्षामा अध्ययनरत छन् ।

विभिन्न समयमा हुने गरेका अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीले प्रथम, दोस्रो तथा तेस्रो पुरस्कार जितेका ट्रफी तथा शिल्डहरू विद्यालयमा राखिएका छन् । हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, विभिन्न किसिमका खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीले भाग लिएर पुरस्कार जितेर विद्यालयको नाम राख्न सफल भएका छन् । 

‘मुख्यरूपमा विद्यार्थीको जुनसुकै पनि सिकायत वा समस्या आउँदा तत्काल सम्बोधन गर्ने गरेका कारण विद्यार्थी सन्तुष्ट हुने गर्छन्,’ प्रअ साहले भने, ‘७ घण्टी पढाइ हुने तथा विद्यार्थीको समस्या समाधान हुने गरेको तथा विद्यार्थी, शिक्षक र प्रअबीच राम्रो समन्वय भएका कारण पनि विद्यार्थी सन्तुष्ट छन् ।’ शिक्षकहरू विद्यार्थीप्रति पूर्णरूपमा समर्पित हुनु, अनुशासन कायम हुनु विद्यालयको प्रमुख विशेषता रहेको उनले बताए ।

विद्यालयमा आइसकेपछि विद्यार्थीहरू आफूलाई भौतिक, सामाजिक हरेक किसिमले सुरक्षित ठान्ने गरेका कारण पनि अभिभावकहरूले पठाउने गरेको उनले बताए । ‘बहुसंख्यक विद्यार्थीले बाहिर अतिरिक्त ट्यूसन तथा कोचिङ लिने गरेका छैनन्, कक्षाको पढाइले नै पुगेको हुन्छ,’ साहले भने, ‘तर कोही कोही विद्यार्थीले ट्यूसन तथा कोचिङ पनि लिने गरेका हुन्छन् ।’

जनकपुरधामका २५ वटा वडा, धनुषाका प्रत्येक पालिका र २ नम्बर प्रदेशका ८ वटै जिल्ला घर भएका विद्यार्थी विद्यालयमा पढ्ने गरेको उनी बताउँछन् । 

विद्यालयको आफ्नै शैक्षिक क्यालेन्डर

विद्यालयको आफ्नै शैक्षिक क्यालेन्डर छ । जुनसुकै अवस्थामा पनि क्यालेन्डर अनुसार पढाइ हुन्छ नै । प्रअ साहका अनुसार एक शैक्षिक सत्रमा कूल २२० दिन विद्यालय खुल्छ भने १८० दिन न्यूनतम पढाइ हुने गर्छ । त्यसबाहेक २ पटक त्रैमासिक र १ पटक वार्षिक परीक्षा हुने गर्छ । पहिलो त्रैमासिक परीक्षाको १० प्रतिशत, दोस्रो परीक्षाको ३० प्रतिशत र अन्तिम वार्षिक परीक्षाको ६० प्रतिशत अंकलाई मूल्यांकन गरेर अन्तिम परिणाम प्रकाशन गर्ने गरिन्छ । 

कक्षा कोठा र दरबन्दीका शिक्षकको अभाव 

२ हजार ७०० विद्यार्थी भएको विद्यालयमा कम्तिमा पनि ९० जना शिक्षकको दरबन्दी हुनुपर्ने ठाउँमा ३४ जना शिक्षक मात्र दरबन्दीका भएकाले निजी स्रोतमा शिक्षकहरू राख्नुपरेको उनी बताउँछन् । प्राथमिक तहमा शिक्षकको दरबन्दी ठीकठाक भए पनि ६–१२ कक्षासम्मका लागि दरबन्दी अनुसार सरकारले शिक्षक नपठाएकाले समस्या हुने गरेको उनले बताए । आधारभूत तहमा ७०० जना विद्यार्थी छन् तर शिक्षक ७ जना मात्र छन् ।

९–१० कक्षासम्म ६५० जना विद्यार्थी छन् तर दरबन्दीका ७ जना शिक्षक मात्र छन् । ११–१२ कक्षामा ६०० जना विद्यार्थी छन् तर दरबन्दीका शिक्षक ४ जना मात्र रहेका उनी बताउँछन् । ३० वटा कूल कक्षा कोठा मात्र भएकाले २ शिफ्टमा विद्यालय सञ्चालन गर्दा पनि कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरू झ्यालमा तथा बाहिर प्यासेजमा समेत राखेर पढ्न बाध्य हुने गरेको उनी बताउँछन् । थप ३० वटा कक्षा कोठासहित भवन निर्माणको आवश्यकता रहेको उनले बताए । 

एकातर्फ विद्यालयमा दरबन्दीका शिक्षक नभएकाले निजीस्रोतमा आधारभूतदेखि मावि तहसम्मका शिक्षक राखेर पढाउनुपर्दा विद्यार्थीबाट शुल्क पनि उठाउनुपरेको उनले बताए । ८ कक्षासम्म सामुदायिक विद्यालयमा पूर्ण रूपले निःशुल्क हुनुपर्ने प्रावधान सरकारले बनाएको छ । तर विद्यालयले ६–१० कक्षासम्म प्रत्येक वर्ष भर्ना शुल्क तथा परीक्षा शुल्क उठाउने गरेको छ । ६ कक्षामा ६०० रुपैयाँ, ७ कक्षामा ७०० रुपैयाँ, १० कक्षामा १ हजार रुपैयाँ भर्ना शुल्क लिने गरिएको छ । प्रत्येक परीक्षामा २५० देखि ३०० रुपैयाँसम्म परीक्षा शुल्क समेत उठाउने गरिएको छ । 

‘विद्यालयको आफ्नो कुनै पनि निजी स्रोत नभएकाले निजी स्रोतमा राखिएको शिक्षकको तलब दिनका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै शुल्क लिन बाध्य हुने गरेका छौं,’ साहले भने ।  

११–१२ कक्षामा वार्षिक प्याकेज अनुसार शुल्क लिने गरिएको छ । विज्ञान संकायको १४ हजार रुपैयाँ, वाणिज्य तथा शिक्षा संकायको ७ हजार रुपैयाँसम्म शुल्क लिने गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x