सांकेतिक तस्वीर सिरहा, २७ वैशाख– आज (वैशाख शुक्ल पूर्णिमा) अहिंसा र शान्तिका प्रतिक भगवान् गौतम बुद्धको जन्मजयन्ती । धेरै नेपालीले आजको दिन मासुसम्म पनि खाँदैनन् । तर, सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा भने आज हजारौं पशुपंक्षीको बली दिइएको छ ।
सो मन्दिरमा प्रत्येक वर्षको झैं आजपनि पशुपंक्षीको बली दिइएको हो । मन्दिरमा हरेक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । मेलामा हजारौ भक्तजनहरु आफ्नो मनोकाक्षा पुरा हुने विश्वासमा बोकाको बलि चढाउने गर्दछन् ।
यो वर्षमात्रै करिव २० हजारको हाराहारीमा बली दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साथै बली दिने भक्तजनको संख्या वर्षेनी बढ्दै गएको छ ।
राजदेवी मनिदरमा बलि चढाउन नेपालका सप्तरी सिराहा, महोत्तरीबाहेक भारतको विहारबाट समेत भक्तजनहरु आउने गरेका छन् ।