३० जेठ २०८३, शनिबार

एसिया प्रशान्त क्षेत्रमा अमेरिकालाई रुसले क्षेप्यास्त्र तैनाथीमा टक्कर दिने

कात्तिक २, २०७७
एसिया प्रशान्त क्षेत्रमा अमेरिकालाई रुसले क्षेप्यास्त्र तैनाथीमा टक्कर दिने

अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा मध्यम तथा छोटो दूरीका क्षेप्यास्त्रहरू तैनाथ गरेकोमा मस्कोले त्यसको उचित जवाफ फर्काउने अमेरिकाका लागि रुसका राजदूत एनाटोली आन्तोनोभले बताएका छन् । 

‘हिजै मात्र मलाई अमेरिकी क्षेप्यास्त्रहरू एसिया प्रशान्त क्षेत्रमा तैनाथ गरिँदैछन् भन्ने कुरा पुष्टि गरियो । त्यसो हो भने यी क्षेप्यास्त्रहरू रुससम्म पुग्न सक्छन् र आणविक निवारणका रणनीतिक लक्ष्यहरूलाई समेट्न सक्छन्,’ एन्टोनोभले च्यानल वान रसियासँग कुराकानी गर्दै भने । 

अमेरिकाले सन् २०१९ को अगस्ट महिनामा रुससँगको इन्टरमिडिएट–रेन्ज न्युक्लीयर फोर्सेस सन्धि त्यागिसकेको छ । रुससँगको अर्को प्रमुख हतियार नियन्त्रण सम्झौता द न्यु स्ट्राटेजिक आर्म्स रिडक्सन ट्रीटी सन् २०२१ को फेब्रुअरी ५ मा म्याद सकिँदैछ । 

अमेरिकाले मध्यम र छोटो दूरीका क्षेप्यास्त्रहरू कुनै क्षेत्रमा तैनाथ नगरेसम्म रुसले यस्ता क्षेप्यास्त्रहरू तैनाथ नगर्ने एकपक्षीय प्रतिबद्धता जनाएको एन्टोनोभले बताए । 

हतियार कम गर्ने विषयमा संवादहीनताको स्थिति खतरनाक भएको भनी मस्कोले अमेरिकी राजनीतिकर्मीहरूलाई बताउन खोजेको तर यस यस विषयमा कुनै प्रगति हुन नसकेको अनि रुस र अमेरिका हतियार जम्मा पार्ने होडमा अघि बढिरहेको एन्टोनोभको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्