
दक्षिण एसियाली मुलुक भुटानमा कोरोना संक्रमितको संख्या ३२५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै भुटानमा संक्रमितको संख्या ३२५ पुगेको हो ।
हालसम्म भुटानमा २९९ कोरोना संक्रमित निको भइसकेका छन् भने जम्मा २५ जनामात्रै सक्रिय संक्रमित छन् । भुटानले सुरुदेखि नै सावधानी अपनाएकाले संक्रमण फैलिन नपाएको बताइएको छ ।