काठमाडौं, २७ बैशाख — कलाकार अनुपविक्रम शाही नायकका रुपमा भन्दा पनि बढी भिलेनका रुपमा परिचित छन् । उनै खलनायकको छाप बनाएका अभिनेता अनुप विक्रम शाही चलचित्र ‘कमलेको बिहे’ का लागि भने फरक गेटअपमा देखिएका छन् ।

केही समयअघि छायांकन सकिएको चलचित्र ‘कमलेको बिहे’ मा चमेलीको प्रेम पाउनका लागि गर्ने कथालाई उनिएको छ । चलचित्रमा सन्ध्या केसीलाई चमेलीका रुपमा देख्न सकिनेछ । प्रसन्न पौडेलले निर्देशन गरेको उक्त चलचित्रमा अनुप विक्रमलाई गाउँको एक भिन्न चरित्रका रुपमा प्रस्तुत गरिएको छ ।
