×

NMB BANK
NIC ASIA

हिन्द–प्रशान्त रणनीति र चीनसँग क्षेत्रीय भिडन्तको सम्भावना....

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्द–प्रशान्त क्षेत्रको चुनौती दिनानुदिन बढ्दै गएको छ । चीनले हिन्द–प्रशान्त भन्ने शब्दावलीलाई निमिट्यान्न पार्न खोजेको भए पनि सफलता पाएको छैन । 

Muktinath Bank

अस्ट्रेलिया, जापान, भारत, युरोपेली संघ र आसियानमा हिन्द–प्रशान्तको संकथन व्यापक रूपमा स्वीकार गरिएको छ र परराष्ट्रनीतिहरूमा पनि प्रतिबिम्बित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै क्षेत्रीय सरोकारवालाहरूका लागि यो संरचनागत अनिवार्यता हो र चीनको व्यवहारले यसलाई सम्भव बनाएको हो । अब बेइजिङले डरत्रासको माहोलमार्फत क्षेत्रीय राज्यहरूलाई परिचालन गर्नुपर्छ । 


Advertisment
Nabil box
Kumari

चीनका परराष्ट्मन्त्री वाङ यीले गत साता कम्बोडिया, मलेसिया, लाओस, थाइल्यान्ड र सिंगापुरको भ्रमणमा यही कुरा बताउन खोजे । अमेरिकाले दक्षिणपूर्वी एसियाका सम्बन्धमा बनाएको योजनाका विषयमा चनाखो रहन उनले आह्वान गरे अनि पूर्वी एसियाका लागि हिन्द–प्रशान्त रणनीति सुरक्षा जोखिम हो भने । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘अमेरिकाले पुरानो जमानाको शीतयुद्ध मानसिकताको हल्लाखल्ला गर्न थालेको छ र विभिन्न समूह तथा खेमाबीच द्वन्द्व शुरू गर्न थालेको छ ।’ 

बेइजिङ र आसियानले सँगै मिलेर दक्षिण चीन सागरमा बाहिरी हस्तक्षेप रोक्नका लागि सँगै काम गर्नुपर्ने भनी दक्षिणपूर्वी एसियाली मुलुकहरूलाई उनले सन्देश दिए । 

अमेरिका र चीनबीचको सम्बन्ध बिग्रँदै जाँदा अनि वाशिङटनले उक्त क्षेत्रमा विश्वनीय साझेदारका रूपमा उदाउन खोजिरहेको स्थितिमा वाङ यीले उक्त क्षेत्रका विकल्पहरू प्रस्तुत गरे । अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले टोक्यो भ्रमण गरेर क्वाडको बैठकमा भाग लिँदै यस क्षेत्रको भूराजनीतिक प्रतिस्पर्धा चर्काएकै छन् ।
 

क्वाडका बैठकहरूमा प्रमुख क्षेत्रीय खेलाडीहरूबीच गहिरो सहकार्यको आह्वान गरिएको थियो । त्यसभित्र रहेको द्विपक्षीय र त्रिपक्षीय साझेदारीले सरोकारवालाहरूबीच थप सहकार्यको आवश्यकता औंल्याएको छ । चीनले हिन्द–प्रशान्तको अवधारणालाई तुच्छीकरण गर्न खोजेको भए पनि खुला र स्वतन्त्र हिन्द–प्रशान्त नै क्षेत्रीय शान्ति र स्थिरताको एक मात्र आधार हो । 

अमेरिकाका लागि पोम्पेओले चुनाव आउन लागेको बेलामा यस क्षेत्रको भ्रमण गर्नुले पनि हिन्द–प्रशान्त अब चीनसँगको भूराजनीतिक प्रतिस्पर्धाको केन्द्रीय थलो भन्ने महत्त्वपूर्ण संकेत दिन्छ । वाशिङटनले आफ्नो विश्वसनीयता कायम राख्न कठोर मेहनत गर्ने पनि यसबाट संकेत मिलेको छ । 

यस चरणमा क्वाड प्लसको कुरा गर्नु हतारो हुनेछ तर प्रमुख शक्तिहरूले व्यक्तिगत तहमा मन मिल्ने अन्य मुलुकहरूसँग सहकार्य गरेर साझेदारी निर्माणमा गम्भीर रहेको संकेत दिएका छन् । जापानले भियतनाम र इन्डोनेसियासँग विभिन्न सम्झौता गरेको छ । चीनको नेतृत्वमा एसियाली व्यवस्थाप्रति समर्पण गर्ने नभई विकल्प खोज्ने विश्वास क्षेत्रीय सरोकारवालाहरूले लिएका छन् । 

हिन्दुस्तान टाइम्समा प्रकाशित हर्ष भी पन्तको विश्लेषण 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x