×

NMB BANK
NIC ASIA

कोरोना परीक्षण र उपचारमा शुल्क लिने सरकारको निर्णय गैरजिम्मेवारपूर्ण रवैया - डा. महत

कात्तिक ६, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समितिले कोभिड १९ को परीक्षण र उपचारमा शुल्क लिने सरकारको निर्णयलाई गैर-जिम्मेवारीपूर्ण भन्दै विरोध गरेको छ ।

Muktinath Bank

महामन्त्री तथा संयोजक डा. प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै सरकार कोरोना नियन्त्रण र रोकथाममा पूर्णतः असफल भएको निष्कर्षसमेत निकालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कोरोनाको बढ्दै गएको आँकडाले नेपालमा स्थिति भयावह हुँदै गएको संकेत गर्दछ । तर सरकार देशमा कोभिड—१९ संक्रमण रोक्न सफल भएको दावी गर्दैछ । सरकारको यो भन्दा विरोधाभाष र गैर जिम्मेवारीपूर्ण रवैयाको अर्को नमूना हुन सक्दैन ।'


Advertisment
Nabil box
Kumari

डा. महतले विज्ञप्तिमार्फत संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका वावजुद सरकार कोभिड—१९ संक्रमितको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट पन्छिएको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

'त्यसमाथि सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नु पर्ने सूचना जारी गर्दैछन्,' विज्ञप्तिमा उल्लेख छ, 'यसले गर्दा खर्च जुटाउन नसकेर कतिपय विरामीहरु अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुदैछन् भने कतिपय संक्रमणले गम्भीर हुँदा समेत घरमै बस्नु पर्ने वाध्यता भएको छ ।'

उनले सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संघ–संस्थाहरुलाई अरबौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड—१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकहरुले परिक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नु पर्ने र वेरोजगारीका कारण चाडवाडको बेलामा पनि भोकभोकै बस्नुपर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिएको आरोप लगाए ।

विज्ञप्तिमार्फत डा. महतले कोरोना रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकहरुको तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको बताए ।

'मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र सावुन पानीले नियमित हाँत धुने उपायहरुलाई गम्भीरताका साथ लिन पनि हामी सबैसँग आग्रह गर्दछौं,' उनले भनेका छन्, 'अन्तमा, कोभिड—१९ संक्रमणको विशिष्ट परिस्थितिमा बडा दशैको चाडलाई आ–आफ्ना घरमा मात्र मनाएर संक्रमणको जोखिमलाई कम गर्न समेत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली कांग्रेस आग्रह गर्दछ ।'

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x