
नेपाल प्रहरीले गैँडाको खागसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरीका ४९ वर्षीय राजेन्द्र रिजाललाई आज अपराह्न पक्राउ गरेको हो ।
रिजाललाई काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित पासाङल्हामु चोक नजीक गैँडाको खाग बोकेर हिँडिरहेका अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।