२२ असार २०८३, सोमबार

कतै तपाईंलाई भर्चुअल आनन्द लिने बानी त परेको छैन ?

कात्तिक २०, २०७४
कतै तपाईंलाई भर्चुअल आनन्द लिने बानी त परेको छैन ?

कुनै पुरुषले स्काइपमा महिलाका साथ भर्चुअल कामसम्बन्ध बनाएर उसलाई त्यसको बानी लागेपछि आफ्नो वास्तविक जिन्दगी जिउन पाएन भने के हुन्छ ?


धेरैवटा भाषामा बनेको फिल्म लेन्स यही कथामा बनेको छ ।

धेरै अन्तर्राष्ट्रिय पुरस्कार जितेपछि यो फिल्म शुक्रवार अंग्रेजी, तमिल र मलयालममा रिलिज हुँदैछ ।

फिल्मका निर्देशक तथा अभिनेता जयप्रकाश राधाकृष्णनन भन्छन्, ‘आजकल सूचना प्रविधिको युगमा मानिसहरू आफ्नो निजी जीवन कसरी गुमाइरहेका छन् र भर्चुअल सेक्सको बानी उनीहरूलाई लाग्न थालेको छ भन्ने कुरा महत्त्वपूर्ण भएको छ । यसका बारेमा परिवारका सदस्यले कुरा गर्नुपर्ने भएको छ ।’

राधाकृष्णनले सूचना प्रविधिको क्षेत्रमा काम गरिसकेका छन् ।

फिल्मको कथाका सम्बन्धमा जयप्रकाश भन्छन्, ‘ग्याजेटहरूले जिन्दगी सहज त बनाउँछन् तर तिनीहरूबाट खतरा पनि हुन्छ किनकि तिनले हाम्रा निजी जानकारी भर्चुअल संसारलाई उपलब्ध गराउँछन् ।’

उनी भन्छन्, ‘मैले क्यानाडाकी एक युवतीको कथा पढेको थिएँ जसले आफ्नो निजी भिडियो अनलाइनमा लिक भएपछि छिमेकी तथा अपरिचितहरूको व्यंग्य सहन नसकेर फेसबूक लाइभ गरेर आत्महत्या गरेकी थिइन् । यस्ता घटनाहरू भारतमा पनि भइरहेका छन् ।’

नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थका इन्टरनेट डिएडिक्सन सेन्टरमा काम गर्ने डा. मनोज कुमार शर्मा भन्छन्, ‘मानिसहरू शुरुमा मानसिक तनाव कम गर्नका लागि इन्टरनेट पोर्न भिडियो हेर्छन् अनि पछि यस्तो भिडियो हेर्न नपाउँदा उनीहरूलाई झन् तनाव हुन्छ ।’

उनी थप्छन्, ‘इन्टरनेटमा पोर्न भिडियो हेर्ने र भर्चुअल सेक्स सम्बन्ध राख्ने मानिसको विवाहित जीवन ध्वस्त हुन्छ ।’
सेक्समा रुचि नभएको गुनासो गर्ने धेरै जोडीहरूले इन्टरनेटमा पोर्न हेर्ने गरेको पाइएको छ ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्