जन्मिँदै दुईवटा हात नभएका एक पाकिस्तानी व्यक्तिले चिउँडोले स्नूकर खेल्न सिकेका छन् ।
पञ्जाब प्रान्तको समुन्द्रीका मुहम्मद इक्रमले स्नूकर खेल्नका लागि विशेष प्रविधि विकसित गरेका हुन् ।
फैसलाबाद नजिकको समुन्द्रीमा रहेको ब्ल्याक पट स्नूकर क्लबमा इक्रमले सेतो बल चिउँडोले हिर्काएर पसाएको भिडियो सार्वजनिक भएको छ ।
आफ्नो दुर्लभ क्षमताका कारण इक्रमले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् ।
भिडियोमा देखिन्छ, स्नूकर क्लबका एक सदस्यले इक्रमलाई शर्ट लगाइदिन्छन् र उनी टेबलमा आउँछन्, घाँटी झुकाएर तारो लिन्छन् र ठोकिएर आएको बललाई प्वालमा छिराउँछन् ।
उनले मुख खोल्दै अनि बन्द गर्दै बल छिराउनका लागि शक्ति लगाएको देखेर मानिसहरू ताली बजाउँछन् ।
उनले कुनै कुनै बल मात्र छिराउन सक्दैनन् । बीचबीचमा ब्रेक लिँदा उनलाई अरूले आएर खानेकुरा दिन्छन् ।
इक्रमले भने, ‘मैले स्नूकरका राम्रा खेलाडीहरू भेटेको छु । उनीहरूले मलाई तिमी जिनियस हौ भनेका छन् र मैले पाकिस्तानलाई ख्याति दिलाउने बताएका छन् ।’
गरीब परिवारमा जन्मेका इक्रमका नौ दाजुभाइ दिदीबहिनी छन् । उनले बाल्यकाल मानिसहरूले स्नूकर खेलेको हेरेर बिताए ।
पछि उनलाई आफू पनि खेल्छु जस्तो लाग्यो र गोप्य स्थानमा रहेर चिउँडोले खेल्ने अभ्यास गर्न थाले ।
विगत दुई वर्षमा स्थानीय तहमा आयोजित प्रतियोगिताहरूमा इक्रमले थुप्रै पुरस्कार जितेको क्युमास्टर स्नूकर क्लबका मालिक मियाँ उस्मान अहमदले बताए ।
आफूसँग हात नभए पनि हौसला रहेको इक्रम बताउँछन् ।
एजेन्सी