
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका आशिर्वाद ग्रहण गरेका छन् ।
विजया दशमीको अवसरमा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले राष्ट्रपतिनिवासमा पुगेर टीका ग्रहण गरेका हुन् ।
ओलीका बुबा झापामै भएकाले यसपाली उनले बुबाको हातबाट टीका ग्रहण गर्न पाएनन् ।
हेर्नुहोस् तस्वीरमा -



