×

NMB BANK
NIC ASIA

उद्यमी शिक्षक : सरकारको स्थायी जागिरले मानेन मन, बचेखुचेको समयमा उदाहरणीय कृषि फार्म

कात्तिक १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पेशाले शिक्षक भएपनि पाल्पाको तिनाउ गाउँपालिका २ दोभान (जमुने) का पदम शाक्यको रहर सानो उमेरदेखि व्यावसायिक कृषि कर्म गर्ने थियो । 

Muktinath Bank

बुवाले कञ्चनपुरमा कपास खेती गरेदेखि नै पदमको रहर कृषि कर्ममा जागेको हो । तर, पदमका बुवा दलबहादुर शाक्यले कृषक नभई एक सफल शिक्षक बन्नुपर्छ भन्थे । त्यसैले पनि छोरालाई राम्रो शिक्षादिक्षा दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषिमा आफ्ना नङ्ग्रा खियाएर दलबहादुरले पदमलाई पढाए । लगनशील पदम ०४३ सालमा कञ्चनपुर त्रिभुवनबस्तीस्थित पुनर्वास माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि पढ्न बुटवल आए । बुटवलमा पढ्न आएपनि उनी पाल्पाको दोभानमा बस्थे । दोभानबाटै बुटवल बहुमुखी क्याम्पस आउजाउ गर्थे । 


Advertisment
Nabil box
Kumari

क्याम्पसमा पढ्दै गर्दा उनले ०५१ सालमा अस्थायी रूपमा दोभानमै रहेको दोभान माध्यमिक विद्यालयमा अध्यापन गराउन थाले । उनले ०६० सालसम्म त्यहीँ पढाए । त्यसपछि स्थायीका लागि शिक्षक सेवा आयोगबाट आवेदन  खुल्यो । उनले परीक्षा दिएपछि निमावि तहमा ०६० सालमा नाम निकाले । त्यसपछि उनी अहिले पनि प्राध्यापन पेशामै छन् । 

Vianet communication
Laxmi Bank

‘अस्थायी भएकाले पनि बुवाको चित्त बुझेको थिएन, त्यसैले स्थायीमा नाम निकाल्नुपर्छ भन्नुहुन्थ्यो, मेहनत पनि गरियो र नाम निस्कन सफल भइयो,’ पदम भन्छन्, ‘त्यसपछि मात्र बुवाको सपना साँच्चै पूरा भएको आभास भयो ।’

बुवाको सपना पूरा गरेपछि पदम आफ्नो सपना समेत जसरी पनि पूरा गर्ने ध्यानमा थिए । एक मन व्यवसाय गर्ने पनि सोचे । व्यवसायको शुरूआती अनुभव लिने भन्दै बुटवलमा ०६३ साल देखि ०७१ सालसम्म फर्निचर उद्योग शुरू गरे । दैनिक शिक्षक पेशा गर्नु नै थियो । अनि समाल्नुपर्ने फर्निचर उद्योग । उनलाई कतैकतै आफैंलाई चित्त नबुझे जस्तै लाग्यो । त्यसपछि उनलाई लाग्यो फर्निचर उद्योग होइन म आफ्नै कृषि उद्यममा रमाउँछु । त्यसलगत्तै उनी कृषि कर्ममा लागे । १ रोपानी क्षेत्रफलमा तरकारी खेती, बाख्रा पालन र कुखुरा पालन थाले । सानो मात्रामा शुरू गरेको उनको व्यवसाय अनुसन्धानका लागि थियो । कुखुरा, बाख्रा, माछा पालन, तरकारी खेती, अध्ययान र अनुसन्धान गर्नेहरूका लागि कसरी उपयोग गर्न सकिन्छ भनेर अनुसन्धानमा लागे । फार्ममा पुगेपछि सबै अवलोकन गर्ने गरी एउटा परिकल्पना पनि गरे । त्यसका लागि धेरै जग्गा आवश्यक भएकाले २५ रोपनी जग्गा खरिद गरे ।

त्यसपछि औपचारिक रूपमा १ वर्षअगाडि तिनाउ गाउँपालिका २ दोभान (जामुने) पाल्पामा धौलागिरी एकीकृत प्राङ्गारिक कृषि फार्म हाउस स्थापना गरे । फार्म हाउसमा उनलाई श्रीमती जमुना शाक्यको साथ छ । उनको यो कर्ममा निरन्तर उनले साथ दिइरहेकी छन् । विद्यालय समयमा दिनभर पदम स्कूलमा व्यस्त हुँदा यता फार्म उनै जमुनाले समाल्ने गर्छिन् ।

बाग्लुङको बाग्लुङ नगरपालिका ३ मा ०२७ कात्तिकमा बुवा दलबहादुर शाक्य र आमा मनमाया शाक्यको कोखबाट जन्मिएका पदम शाक्यको बाल्यकाल बाग्लुङमै बित्यो । त्यसपछि उनको परिवारको ०३९ सालमा कञ्चनपुरमा बसाई सर्‍यो । कञ्चनपुरमै एसएलसी दिएर थप अध्ययनका लागि बुटवल आए । स्थायी रूपमा पाल्पा दोभानमा बस्न थाले । 

बुटवलको सिद्धेश्वर माध्यमिक विद्यालयका स्थायी शिक्षक पदम शाक्य अहिले तिनाउ गाउँपालिका वडा नं. २ दोभान (जामुने)को फार्ममा व्यस्त छन् । सरकारी विद्यालयका स्थायी शिक्षक भएपनि पदम शाक्यको लक्ष्य एक सफल व्यवसायिक कृषि उद्यमी बन्ने छ । शिक्षण पेशा अंगालेका कारण पनि उनले फार्मलाई विद्यार्थीहरूका लागि अध्ययन र अनुसन्धान गर्ने थलोका रूपमा विकास गरिरहेका छन् । त्यति मात्र हैन कृषि पर्यटनकै रूपमा फार्मलाई विस्तार समेत गरेका छन् । उनको फार्म अनुसन्धान गर्न चाहनेदेखि घुम्नेहरूका लागि आर्कषक गन्तव्य बन्न सक्छ ।

शाक्यले आफ्नो फार्ममा रिसोर्ट पनि बनाएका छन् । अध्ययान र अनुसन्धानका लागि आउने विद्यार्थी एवं आन्तारिक र बाह्य पर्यटकलाई लक्षित गर्दै उनले ४० बेडको रिसोर्ट बनाएका हुन् । रिसोर्टमा वातावरण अनुकूल कोठाहरू तयार पारेका छन् । पाल्पाको रानीमहलको डिजाइनमा तयार गरिएको रिसोर्ट साँच्चै आकर्षक छ । यो रिसोर्ट कृषि प्राविधिक पढ्ने विद्यार्थीका लागि अध्ययान गर्ने थलेको रूपमा प्रयोग गर्ने गरी उनले तयार गरिरहेका छन् । ‘किताबमा १ वर्ष पढ्ने कोर्षको ४/५ दिनमै प्राटिकल रूपमा ज्ञान हाम्रो फार्ममा आउनेले पाउनेछन्,’ उनले भने,  ‘पढेर र घुमेर जाने थलोको रूपमा फार्म विकास हुँदैछ ।’

शाक्यको धौलागिरी एकीकृत प्रांगारिक कृषि फार्म हाउसमा १ करोड लगानी भइसकेको छ । २५ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा अग्र्यानिक मल, तरकारी उत्पादन, टनेल निर्माण, बाख्रा, कुखुरा, माछा पालन, फलफूल खेतीसँगै रिसोर्ट सञ्चालनमा छ । त्यसका लागि सम्पूर्ण पूर्वाधार तयार गर्दा १ करोड रुपैयाँ खर्च भएको शाक्य बताउँछन् । कागती, आप र अन्य फलफूलका बिरुवाहरू रोपेका उनले त्यसैमा बाउन्ड्री गरेर खुला रूपमा बाख्रापालन गरेका छन् ।

त्यहीँभित्रै लोकल कुखुरा पालन गरेका छन भने ४ रोपनी क्षेत्रफलमा माछा पोखरी तयार गरी ८ हजार माछा पालन गरिरहेका छन् । 

‘त्यहीँ भित्र नै मार्केटिङ हुने गरी रिसोर्टको परिकल्पना गर्‍यौं । रिसोर्टलाई चाहिने आवश्यक सबै तरकारी र मासुजन्य उत्पादन हामी सबै आफंै जोहो गर्छौं, त्यो पनि विषादीरहित,’ उनले भने । अहिले शाक्य कुरिलो खेतीका लागि अनुसन्धान गरिरहेका छन् । फार्ममा छिट्टै कुरिलो लगाउने योजना समेत उनको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x