२१ असार २०८३, आइतबार

थप ३ हजार ५१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

कात्तिक २०, २०७७
थप ३ हजार ५१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा १ हजार २०९ महिला र १ हजार ८४२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राजधानी काठमाडौं उपत्यकामा १ हजार ३९८ संक्रमित थपिएका छन् । जसमध्ये ७९७ पुरुष र ६०१ महिला रहेका मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म कोरोना संक्रमितको कूल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । जसमध्ये १ लाख ४८ हजार ४०८ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार ३ हजार ४३० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

कोरोनाले पछिल्लो पटक थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुने कूल संख्या १ हजार ५२ पुगेको छ । नेपालमा कोरोनाको मृत्युदर ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्