
ढुंगाले हानेर हत्या गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भैसेडाँडा सुब्बा सार्कीको घरमा खड्गबहादुर नेपाली र सुब्बा सार्कीबीच जग्गाको विषयमा झगडा हुँदा खड्ग बहादुरका छोरा सन्तोष नेपालीले सार्कीलाई ढुंगा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जग्गाको विषयमा विवाद हुँदा सार्कीले खड्गलाई बञ्चरोले गालामा प्रहार गरेका थिए । सो देखेर उनका छोराले सार्कीलाई ढुंगा प्रहार गर्दा घाइते भएका सार्कीको धुलिखेल अस्पतालमा ल्याउँदा मृत्यु भएको थियो ।
ढुंगा प्रहार गर्ने सन्तोष नेपालीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।