
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान एवं नेपालका चर्चित क्रिकेटर पारस खड्का निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अवलोकन गर्न चितवनको रामपुर पुगेका छन् ।
कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अगुवाइमा धुर्मस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम गरिरहेको छ ।
रंगशालामा धुर्मससँग नेपालको झण्डा समाएर पारसले लेखेका छन्, ‘सपनाहरू वास्तविकतामा बदल्दै !’ कोरोना महामारीको समयमा पनि रंगशाला निर्माणको काम चलिरहेको छ ।
Turning Dreams into Reality ..
— Paras Khadka (@paras77) November 9, 2020
Gautam Buddha International Cricket Stadium..!! pic.twitter.com/e5Ha2EqBCX