२१ जेठ २०८३, बिहीबार

विराटनगरमा लक्ष्यभन्दा कम राजस्व संकलन

कात्तिक २५, २०७७
विराटनगरमा लक्ष्यभन्दा कम राजस्व संकलन
प्रतिकात्मक तस्वीर

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को ३ महिनामा कूल १ अर्ब ६३ करोड ६८ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले १ अर्ब ९४ करोड ५२ लाख १ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा ३० करोड ८३ लाख ७६ हजार रुपैयाँ कम संकलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोबारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । ३ महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

असोजसम्ममा आम्दानी करमा १११ प्रतिशत र  मूल्य अभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ । संकलित राजस्वमा आम्दानी कर ५४ करोड ८८ लाख, मूल्यअभिवृद्धि कर ५७ करोड १५ लाख ४७ हजार र अन्तःशुल्क ५१ करोड ६४ लाख ७८ लाख असुली भएको छ ।
    
कार्यालयबाट प्राप्त जानकारीअनुसार असोजमा आम्दानी करमा १२३ प्रतिशत, मूल्यअभिवृद्धि करमा १७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ । सो महिनामा रु ६५ करोड ३० लाख ३१ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ६३ करोड २१ लाख ९१ हजार राजस्व संकलन गरी लक्ष्यमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्