२२ असार २०८३, सोमबार

काठमाडौँको थानकोटमा दुर्घटना गराएर भागेको गाडी नियन्त्रणमा, मजदुरको मृत्यु

कात्तिक २५, २०७७
काठमाडौँको थानकोटमा दुर्घटना गराएर भागेको गाडी नियन्त्रणमा, मजदुरको मृत्यु

पैदलयात्रीलाई ठक्कर दिइ फरार बस चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँको थानकोटमा तरकारी बोकेर बाटो काट्दै गर्दा बाजुराका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिई फरार भएको ना ५ ख ८४७४ नम्बर बसलाई आज नियन्त्रणमा लिइएको हो । त्यसका चालक सर्लाही हरिवन नगरपालिकाका ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका ७ थानकोटस्थित सडकमा आज बिहान तरकारी बोकी बाटो काट्दै गरेका लोहारलाई ठक्कर दिई उक्त गाडी फरार रहेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । श्रेष्ठमाथि सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्