२२ असार २०८३, सोमबार

मिर्गौलाको पत्थरीको उपचार अब सुर्खेतको प्रदेश अस्पतालमै

कात्तिक २६, २०७७
मिर्गौलाको पत्थरीको उपचार अब सुर्खेतको प्रदेश अस्पतालमै
फाइल फोटो

कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुशीको खबर  छ ।

अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज उपचार पाउने भएका छन् । 

अस्पतालका निर्देशक डा. डम्बर खड्काले उक्त यन्त्र १ करोड २७ लाखमा खरिद गरेको जानकारी दिए । उनका अनुसार होल्मियम लेजर प्रविधिबाट ढुंगालाई धूलो बनाई सिधै पिसाबका माध्यमबाट बाहिर पठाइने छ ।

‘यो सुविधा प्रदेशमै थिएन, हामीले कर्णालीमा भित्र्याएका छौं,’ डा. खड्काले भने, ‘यसले पिसाब नलीबाट रगत बग्ने समस्याको निराकरण हुनुका साथै स्वास्थ्यकर्मीलाई शल्यक्रिया गर्न सहज हुनेछ, हाल लेजर पद्धतिबाट गरिने यूरो सर्जरीको शुरूआत गरेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्