१६ असार २०८३, मंगलबार

होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु

कात्तिक २६, २०७७
होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु

कोरोना संक्रमणका कारण पूर्वी चितवनमा १ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका–१२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमूना दिएका वृद्धको १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मिर्गाैला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा सुधार नआएर घर लगिएका र मंगलवार राति ११ः०० बजे मृत्यु भएको हो । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्