२५ असार २०८३, बिहीबार

पछिल्लो २४ घण्टामा २ हजार १११ मा कोरोना संक्रमण, १३ को मृत्यु

कात्तिक २८, २०७७
पछिल्लो २४ घण्टामा २ हजार १११ मा कोरोना संक्रमण, १३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार १११ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ को पीसीआर परीक्षण गरिएको र तीमध्ये २ हजार १ सय ११ मा कोरोना संक्रमण देखिएको जनाएको हो ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ३७ रहेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ रहेको छ ।

हालसम्म कोरोनाका कारण नेपालमा १२ सय २ को मृत्यु भइसकेको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १२ सय ७ जना संक्रमित फेला परेको जनाएको छ । काठमाडौँ जिल्लामा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० नयाँ संक्रमित फेला परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्