×

NMB BANK
NIC ASIA

युद्धका पक्षपाती ब्लिन्केनलाई बाइडनले परराष्ट्रमन्त्री बनाउने

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसलाई एक्ल्याउने, चीनसँग नजिकिन खोज्ने र सिरियामा अमेरिकी हस्तक्षेपको पैरवी गर्ने एन्टोनी ब्लिन्केनलाई जो बाइडनले परराष्ट्रमन्त्री बनाउने भएका छन् । बाइडनको परराष्ट्रनीति सैन्य कारवाही तथा बहुराष्ट्रिय उद्देश्यमा आधारित रहने संकेत यसबाट पाइएको छ । 
 

Muktinath Bank

ब्लिन्केन बाहेक जोन केरीलाई पनि बाइडनले मन्त्री बनाउने भएका छन् । केरी जलवायु मन्त्रालयका मन्त्री बन्ने भएका हुन् । ओबामा–बाइडन प्रशासनमा उनी परराष्ट्रमन्त्री थिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्लिन्केन बाइडनलाई लामो समयदेखि परराष्ट्रनीतिमा सल्लाह दिँदै आइरहेका छन् र बाराक ओबामाको कार्यकालमा उनी परराष्ट्र राज्यमन्त्री थिए । विश्वव्यापीकरणवादीहरूले उनी अनुभवी र सम्मानित व्यक्तित्व भएको भन्दै ​बाइडनको छनोटको प्रशंसा गरेका छन् । 
 


Advertisment
Nabil box
Kumari

ब्लिन्केनका आलोचकहरू चाहिँ ट्रम्पको कार्यकालमा उनले धनीहरूका लागि काम गरेर आफू धनी बनेको बताइरहेका छन् । तर त्यसभन्दा पनि उनले पहिला नवअनुदारवादी नीति अपनाएको र अहिले पनि त्यसै गर्ने हुन् कि भनी चिन्ता व्यक्त गरिएको छ । 

Vianet communication
Laxmi Bank

उनले अमेरिकालाई इराक युद्धमा जान र लिबिया तथा यमनमा बम बर्साउन पैरवी गरेका थिए । 

सिरियामा वाशिङटनले सैन्य हस्तक्षेप बढाउनुपर्ने उनी अझै पनि तर्क गरिरहेका छन् । गत मे महिनामा उनले एक अन्तर्वार्ता दिँदै ओबामा प्रशासनले सिरियाको खतरनाक स्थिति रोक्न पर्याप्त प्रयास नगरेको गुनासो गरेका थिए । अनि ट्रम्पको पालामा त्यहाँबाट सैनिक फिर्ता बोलाएर बशर असदको सत्तामा अमेरिकी दबाब घटाएको भनी आलोचना गरेका थिए । 
 

ब्लिन्केनले बाइडनलाई नेटो बलियो बनाउन अनि रुसलाई राजनीतिक रूपमा एक्ल्याउन कोशिश गर्नेछन् । 

चीनको सन्दर्भमा कुरा गर्दा उनले बेइजिङसँग सहकार्य गर्ने उपाय वाशिङटनले खोज्ने बताएका छन् । ट्रम्पले कमजोर बनाएको अन्तर्राष्ट्रिय साझेदारीलाई पुनः बलियो बनाएर चीनसँग शक्तिशाली अडानका साथ व्यवहार गर्ने उनको सोच छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x