जाडोमा रुघाखोकीबाट बचाउँछन् यी खानेकुराले

जाडो बढेसँगै मानिसहरूलाई रुघाखोकीले पनि सताउन थाल्छ । 

रुघाखोकी बढी लाग्नुमा कमजोर रोगप्रतिरोधक क्षमता जिम्मेवार छ । यहाँ हामी रोगप्रतिरोधक क्षमता बढाउने खानेकुराको उल्लेख गर्नेछौं । 
 


Advertisement

भेडे खुुर्सानी
भेडे खुर्सानी रोगप्रतिरोधक क्षमता बढाउन सक्षम छ । यसमा अमिलो फलफूलभन्दा दुई गुणा बढी भिटामिन सी पाइन्छ । यसलाई दिनदिनै खाँदा शरीरले २०० ग्राम भिटामिन सी पाउँछ । 
 

सूप
सूप (झोल हैन, दाना सौंफ) दिनदिनै खाँदा पनि शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । शरीरमा ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्ने श्वेत रक्तकोशिका यसले उत्पन्न गराउँछ । 


Advertisement

ग्रीन टी
हरियो चियाले तौल घटाउन मद्दत गर्छ अनि यसमा भएको एन्टीअक्सिडेन्ट पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनका अनुसार, ग्रीन टीले अक्सिडेन्ट र र्‍याडिकलबाट शरीरलाई जोगाउँछ । 
 

सखरखण्ड
जाडोमा सखरखण्ड खाँदा निकै फाइदा पुग्छ । एन्टीअक्सिडेन्टले भरपूर कार्बोहाइड्रेटले शरीरमा कोशिकालाई तन्दुरुस्त राख्छ । 

लसुन
स्वाद बढाउन मात्र नभई रुघाखोकीबाट जोगाउन पनि लसुन लाभदायक हुन्छ । यसमा भएको क्याल्सियम, पोटेसियम र सल्फ्युरिक कम्पाउन्डले खराब ब्याक्टेरियाबाट मुक्ति दिलाउँछ । 

बेसार
दाल र तरकारीमा राखिने बेसारले शरीरमा फ्री र्‍याडिकलबाट हुने हानिबाट जोगाउँछ । यसले संक्रमण र स्वेलिङबाट पनि जोगाउँछ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्