२१ असार २०८३, आइतबार

करीब ३० किमी यात्रा पार गरी गाउँमा आइपुग्यो जंगली हरिण

मंसिर ११, २०७७
करीब ३० किमी यात्रा पार गरी गाउँमा आइपुग्यो जंगली हरिण

मोरङको रङ्गेली नगरपालिका–३  दौलतपुरमा जङ्गली हरिण भेटिएको छ ।

स्थानीयवासी शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयवासीले नियन्त्रणमा लिई आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

 इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले हरिणलाई आमतोलास्थित सबडिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

जङ्गलबाट आएको  हरिणले करीब ३० किमीको यात्रा पार गरेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्