कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
अर्जेन्टिनाका महानतम फूटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार समारोहमा बिहीवार हजारौं प्रशंसकहरू राजधानी ब्युनस एयर्समा भेला भएका छन् ।
६० वर्षको उमेरमा हृदयघातका कारण म्याराडोनाको मृत्यु भएको थियो ।
म्याराडोनाको मृत शरीर राखिएको कफिनसँग सेल्फी खिचाउने एक अन्तिम संस्कार संस्थाका कर्मचारीलाई जागिबाट निकालिएको छ ।
उक्त व्यक्तिले त्यो सेल्फी ट्विटरमा शेयर गरेका थिए । उनले म्याराडोनाको शरीरछेउमा उभिएर बूढी औंला ठड्याएका थिए ।
त्यो तस्वीरको चौतर्फी निन्दा गरिएको थियो । फूटबलका लेजेन्डको यसबाट अपमान भएको मानिसहरूले टिप्पणी गरे ।
एकजना ट्विटर प्रयोगकर्ताले ती कर्मचारीको अर्जेन्टिनी नागरिकता खोस्नुपर्ने समेत बताए ।
म्याराडोनाका वकिल मातियास मोर्लाले त्यो सेल्फी देख्दा ज्वरो छुटेको भन्दै कानूनी कारवाहीको चेतावनी दिए ।
बिहीवार हजारौं अर्जेन्टिनीहरूले म्याराडोनालाई सडकमा आएर श्रद्धाञ्जलि दिए । उक्त समारोह शान्तिपूर्वक शुरू भएको भए पनि पछि म्याराडोनाको कफिन रािखएको स्थान गभर्नमेन्ट प्यालेस पस्न खोज्ने प्रशंसकहरू प्रहरीसँग भिडेका थिए ।
केही मानिसलाई पक्राउ गरियो अनि केही घाइते भए । पछि कफिनलाई त्यहाँबाट हटाइयो ।
म्याराडोनालाई ब्यूनस एयर्स नजिक बेल्ला भिस्ता आवासीय क्षेत्रको चिहानमा अन्तिम संस्कार गरियो । म्याराडोनाका मातापिताको अन्त्येष्टि पनि त्यहीँ नै गरिएको छ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...