२१ जेठ २०८३, बिहीबार

जाडोमा मम्फली बदाम खानु स्वास्थ्यका लागि हितकर, यी हुन् फाइदा

माघ १९, २०७७
जाडोमा मम्फली बदाम खानु स्वास्थ्यका लागि हितकर, यी हुन् फाइदा

जाडो महिना लागेपछि घाम ताप्दै मम्फली बदाम खाएको दृश्य धेरै देख्न पाइन्छ । 

बदाम प्रोटीन र फाइबरको भण्डार हो । यसलाई गरीबहरूको काजु पनि भनिन्छ । 

यसमा एन्टीअक्सिडेन्ट्स, भिटामिन, म्याग्नेसियम, म्याग्निज, क्याल्सियम र बिटा क्यारोटिन जस्ता गुणहरू उपलब्ध छन् । यी सबै तत्त्वले शरीरलाई पोषण दिन्छन् र चिसोको प्रभावबाट बचाउँछन् । 

बदाममा भएको म्याग्निजले हाडभित्र क्याल्सियमको अवशोषण प्रक्रियालाई तीव्र बनाउँछ । यसले हाड बलियो हुन्छ । 
 

म्याग्निजले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ । शरीरमा चिनीको स्तर सन्तुलनमा राख्न यसले सहायता गर्छ । 

बदाम खाँदा शरीरमा चिसोको असर पर्न पाउँदैन । रोगप्रतिरोधक क्षमता बढाएर यसले रुघाखोकी फैलाउने भाइरसको प्रभावबाट यसले रोक्छ । 

जाडोमा खोकी लाग्नु सामान्य कुरा हो । दिनदिनै दुई मुट्ठी बदाम खानुभयो भने खोकी लाग्न पाउँदैन । तर खोकी लागेको बेलामा चाहिँ बदाम खानुहुँदैन । ठीक भइसकेपछि मात्र खानुपर्छ । 

जाडोमा हृदयघात र ब्रेन ह्यामरेजका केसहरू अत्यधिक आउँछन् । तर बदामको नियमित सेवनले यी रोगहरूलाई नियन्त्रणमा राख्छ । 

शरीरलाई तातो बनाउने क्षमता बदाममा हुन्छ । अनि यसमा भएको मोनोअनस्याचुरेटेड फ्याटी एसिडले शरीरको खराब कोलेस्ट्रोललाई घटाएर राम्रो कोलेस्ट्रोल बढाउने काम गर्छ । 

बदामले शरीरको मेटाबोलिजम र मांसपेशीलाई पनि सन्तुलनमा राख्छ । यसमा भएको बिटा क्यारोटिनले प्रत्येक कोशिकामा रक्तप्रवाह सुनिश्चित गर्छ । यसले गर्दा छालामा आर्द्रता कायम रहन्छ र छाला निरोगी हुन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्